

पनौती जात्रा
पनौती जात्रा ज्येष्ठ पूर्णिमामा मनाइने जात्रा हो । यो जात्रा इन्द्रेश्वर महादेव, उन्मत्त भैरव, भद्रकाली र ब्रह्मायणी देवीसँग सम्बन्धित रहेको छ । ज्येष्ठ पूर्णिमाका दिन इन्द्रेश्वर महादेव, उन्मत्त भैरव र भद्रकालीको रथ एक आपसमा जुधाएर जात्रा गरिन्छ । यही रथ जुधाउने जात्रालाई नै पनौतीको जात्रा भन्ने गरिए तापनि पनौती जात्रा भने नौ दिनसम्म चल्दछ ।

कवितामा नयाँ आयाम साइनो
भर्खरै हाे कवितामा नयाँ आयाम सुरु भएकाे । याे हाे, नवीनतम शैलीको कविता साइनो । सुरु भएको छाेटाे समयमा यसले व्यापक भूगोलमा फैलिएर स्रष्टाहरूकाे स्नेह पाइरहेको छ । नेपाली, अवधी, संस्कृत, हिन्दी,अङ्ग्रेजी, मलेसियन भाषाका स्रष्टाप्रिय साइनो कविता विश्वव्यापी लघुकविताका रुपमा प्रयाेग हुँदै आएको छ । यसले हजारौं स्रष्टाका रचना पाएकाे छ । यसमा पन्ध्र देशका सय्यौ स्रष्टाको हातेमालो चलिरहेको छ । यसकाे अनुयायी बनेका कतिपय स्रष्टा अरु अरु शैली प्रयोगमा पनि रमाइरहेका छन् । जुन साइनो कविताको आकर्षण र लाेकप्रियता पनि हाे ।

दुई मुकतक
एमाले बाबु ,माओमा , आमा दाजु नेमकिपा
बाजे बने जनमोर्चा भाइ कांग्रेस, फूपू भाल खाने मिले सबै
छानाभरि झन्डा झुल्ने हाम्रै , गणतन्त्र खासा।

इरानी रानी !
“बा, पिकनिक जाने भोलि, पारिवारिक !” कान्छी छोरी पूजाको सूचना, प्रोफेसर पर्याराज गोविन्दानुज गजलोपाध्याय निकुञ्जश्री चितवनवीलाई । “गीत गाउन पाइन्छ छोरी ?” बानी । प्रोफेसरलाई मज्जासित गीत गाउन पाए पुग्छ। “अवस्था हेरेर !” कान्छी छोरी।

सम्पादकीय सान अग्रजलाई सम्मान
यो भिन्न पारिवारिक संस्कार/संस्कृतिले बनाएको समाजलाई सचेत तुल्याउने काम पत्रपत्रिकाले गर्छन् । दैनिक, साप्ताहिक, पाक्षिक, मासिक, द्वैमासिक लगायत समय–समयमा प्रकाशित हुने यी पत्रिकाहरुले ऐतिहासिक तथ्यसहित नवीनतम सूचनाहरुबाट पाठक लाभान्वित भइरहेका हुन्छन् । व्यापक रुपमा छरिएका ज्ञान–विज्ञान, राजनीति, संस्कृति, कृषि, भाषा–साहित्य, आविष्कार, खेलकुदका क्षेत्रबाट लिइएका सूचनाहरु मानव मन–मस्तिष्कलाई ताजा र चलायमान राख्ने सामयिक खुराक हुन् । यिनले मानिसलाई सिर्जनात्मक कर्ममा समर्पित हुन अभ्यस्त बनाउँछन् ।

समालोचक रमेश प्रभातको जन्मदिनको अवसरमा गरियो उनको नयाँ कृतिको परिचर्चा
गजल मञ्च चितवनले समालोचक रमेश प्रभातको ५३ औँ शुभ जन्मदिनको अवसरमा उनको दोस्रो निसमालोचना कृति ‘अरु अलिकति फरक कुरा’को परिचर्चा कार्यक्रम सम्पन्न गर्यो । अन्य कार्यक्रमभन्दा फरक रहेको उक्त कार्यक्रममा सोही सङ्ग्रहका समेटिएका चितवनका छजना सर्जकहरुले आफ्नो अभिमत राखेका थिए ।

वेदान्त !
“गयो भाइ,गयो भुस,सबै साँढे बाइस ! बकम्फुस!भुस!” लीलानगरबाट बस चढे, कुमार, गणेश, योगी, वियोगी, पन्थी, कोइराला, गोपीनाथ र पूर्वेली कोहेनूर” प्रा. डा. पर्याराज आशुतोष दमकोपाध्याय डेरिडाश्री!”गन्तव्य उत्तरआधुनिक शहर, गजलनगर, खीबरा टोल । साहिला पण्डितको महावाणी,अघिको, अनुज कमेडियन” गोपीनाथ लीलाध्वज बज्रनारायण विजयश्रीको नाममा !

‘हाम्रो पुरुषार्थ’ (१०५ अङ्क) लोकार्पण
हालै एक कार्यक्रमका बीच ‘हाम्रो पुरुषार्थ’ (१०५ अङ्क) लोकार्पण भएको छ । सो अंकको लोकार्पण कार्यक्रमका प्रमुख अतिथि असम, भारतका साहित्यकार ज्ञानबहादुर छेत्री, सम्पादक पन्थी, साहित्यकारहरू डा. तुलसीप्रसाद भट्टराई, प्रा.डा. गोविन्दप्रसाद भट्टराई, डा. ज्ञानु पाण्डेलगायतले गरेका थिए । किरण पुस्तकालय तम्घास, गुल्मीले वि.सं. २०३० सालदेखि प्रकाशन गरेको ‘हाम्रो पुरुषार्थ’ को सम्पादक शशि पन्थी हुनुहुन्छ ।

प्रतापको देशमा
प्रिय प्रताप
हामी तिमीलाई सम्झिरहेछौँ यतिबेला
तिमीले चलाएको गाईजात्रा
अब वर्षको एकदिन मात्र रहेन नेपाल खाल्डोमा
बर्सैभरि हरेक दिन
हरेक रात
बेला, कुबबेला
भोगिरहेछौ हामी गाईजात्रा
देखिरहेछौँ हामी गाईजात्रा ।

तातो आँसु
“काठमाडौँमा बाँच्न गाह्रो थ्यो । कहाँकहाँबाट आएर यहाँ अडिनु भनेको ख्यालख्यालको कुरो थिएन । कम गाह्रो थ्यो ? त्यसमाथि अहिले जस्तो सडक यातायातको सुविधा पनि थिएन त्यतिखेर । गल्र्याम्म झोला बोक्यो, स्वाँस्वाँ गर्यो लन्ठ्याङलन्ठ्याङ हिँड्यो । कहिले ठाडै उकालो कहिले ओरालो । तेर्सो त चाडबाड जस्तो ।”