अक्षरमार्ग

हाम्रो बारे 

अक्षरमार्गले वि.सं. २०६९ सालदेखि आफ्नो अक्षरकर्मलाई निरन्तरता दिंदै आएको छ । अक्षरमार्ग प्रारम्भका वर्षदेखि भाषा र साहित्यको श्रीवृद्धिमा समर्पित भएर काम गदै आएको छ । अक्षरमार्ग साहित्यिक पत्रिका प्रकाशनले निरन्तरता पाइरहेको छ । यसले सामन्य अङ्कका अलावा भाषा र साहित्यको विकासका लागि उल्लेखनीय योगदान गरेका साहित्यकारहरूको विशेष अङ्क प्रकाशित गर्ने जमर्को गर्दै आएको छ । साहित्यको साधनामा लागेर नेपालीे वाङ्मयको क्षेत्रमा उल्लेखनीय योगदान गरिसकेका, रााष्ट्रकै सम्पत्तिका रूपमा रहेका साहित्यकारहरूको प्रेरणादायी व्यक्तित्वबाट सबैले केही कुरा जान्ने र बुˇने मौका पाउँदछन । त्यसैले अक्षरमार्गले विशेष अङ्क प्रकाशनको थालनी गरेको हो । हालसम्म साहित्यकार यादव खरेल, डा. गोविन्दराज भट्टराई, मोहन दुवाल, दिनेस अधिकारी, देवीप्रसाद वनवासी, ज्ञानकाजी मानन्धर, गणेशराम लाछि लगायतका वाङ्मयसेवीहरूका विशेष अंक प्रकाशन गरिसकेको छ । त्यस्तै समय समयमा विविध साहित्यिक विधाहरू कविता, कथा, लघुकथा, निबन्ध, मुक्तक आदि विधाका विशेष अङ्क पनि प्रकाशन गर्दै आएको देखिन्छ ।

अक्षरमार्ग नेपाली भाषा र साहित्यको श्रीबृद्धिमा समर्पित छ । साथै नवप्रतिभाहरूको डवली बनोस् भन्ने चाहनाका साथ अगाडि बढेको छ । कही, कतै लुकेर रहेका साहित्यका प्रतिभाहरूलाई उचित स्थान दिएर उनीहरूभित्र रहेको सिर्जनात्मक क्षमतालाई मलजल गर्दै समाजमा सकारात्मक चेतना प्रवाह गर्न सक्ने स्रष्टाहरूको जन्म होस् भन्ने अभिप्रायबाट प्रेरित भएर अक्षरमार्गले अक्षरकर्म गर्दै आएको छ ।

नेपाली वाङ्मयसेवीहरूका बारेमा पुस्तक पनि अक्षरमार्गले प्रकाशन गर्दै आएको छ । विविध साहित्यिक विधाका कृति पनि प्रकाशनमा आएका छन् । साहित्यकार गोविन्दराज भट्टराई, साहित्यकार देवीप्रसाद वनबासी, शिक्षा, संस्कृति र साहित्यका त्रिवेणी ज्ञानकाजी मानन्धर, गणेशराम लाछि आदिका ग्रन्थ अक्षरमार्गले प्रकाशन गरेको छ । त्यस्तै साहित्यका विविध विधाका विभिन्न सर्जहहरूका करिब तीन दर्जन पुस्तकहरू पनि अक्षरमार्गले प्रकाशन गरेको छ ।

अक्षरमार्गले हरेक वर्ष आफ्नो वार्षिक उत्सवको अवसर पारेर नेपाली भाषा, साहित्य, संस्कृति, कला, शिक्षा क्षेत्रका मूर्धन्य व्यक्तित्वहरुलाई सम्मान समर्पण गर्दै आएको छ । अक्षरमार्गले हरेक वर्ष अक्षरमार्गले विष्णुहेम अक्षरमार्ग बरिष्ठ साधक, श्रीराम स्मृति अक्षरमार्ग सम्मान, कृष्णसुन अक्षरमार्ग साहित्यिक पत्रकार सम्मान, ध्रुबमीरा अक्षरमार्ग मिराज प्रतिभा सम्मान, कृष्णदास अक्षरमार्ग स्रष्टा सम्मान, अक्षरमार्ग भरतराज काभ्रेली गौरव सम्मान, खड्गवेद अक्षरमार्ग सहयात्री सम्मान प्रदान गर्दै आएको छ ।

संक्षेपमा भन्नुपर्दा अक्षरमार्गले नेपाली भाषा, साहित्य, संस्कृति, कला आदिका क्षेत्रमा काम गर्ने कर्मयोगीहरूलाई उहाँहरूको उल्लेखनीय कर्मका लागि सम्मान अर्पण गर्ने, नयाँ प्रतिभाहरूलाई प्रोत्साहन गर्ने, समग्र भाषा, साहित्य, संस्कृतिको उत्थानमा समर्पित रहने अक्षरमार्गको उद्देश्य रहेको छ ।