Skip to main content

अक्षरमार्ग

उमेदवार

कस्तो के ! यी मान्छेका रीतिथिति देखेर दिक्क लाग्छ । कन्सिरी तातेर आउँछ भन्या ! सक्रिनाले मनकाे तिताे पाेखिन् ।
किन,के भाे र त्यस्तो ! चलिआएको रीतिरिवाज नै तिताे लाग्ने ?

थप पढ्नुहोस

प्रिय शिक्षा

शिक्षा शिक्षा शिक्षा आहा शिक्षा !!
सबैको प्रिय सबैका लागि प्रिय
हिजो प्रिय आज प्रिय
भाेलिकाे उज्यालो प्रिय प्रतीक्षा
प्रिय मान्छेहरूकाे प्रिय
समताकाे साइनो व्यवहारकाे चिनाे

थप पढ्नुहोस

कलहकाे साइनो

जीवन हाे, सम्बन्ध चाहिन्छ । सम्बन्धमै हाे सृष्टि फक्रेर सौर्न्दर्य बटुलिने र सम्बन्धलाई सहृदयी र सुमधुर बनाउने चेतनाले हाे तर यहाँ चेतनाले काम नगरी मै-मत्त भई आफै जान्ने सुन्ने हुँ भनेर स्थापित सम्बन्ध निभाउन गाह्रो मान्नेहरूकाे भिड बढाउने आजकाे वस्तुस्थितिले के सामाजिक बेथितिमा मलजल गरी मानवअस्तित्व सङ्कटमा पारिरहेको छैन ?

थप पढ्नुहोस

वसन्त काव्य गोष्ठी तथा सम्मान कार्यक्रम

अक्षरमार्गको आयोजनामा पनौतीमा सम्पन्न ‘वसन्त काव्य गोष्ठी तथा सम्मान कार्यक्रम’मा तीन स्रष्टालाई सम्मान गरिनुका साथै तीन दर्जनभन्दा बढी कविहरूले काव्यवाचन गर्दै वसन्तलाई शब्द र भावमार्फत जीवन्त बनाएका छन् ।
यस वर्ष श्रीराम जगतमाया अक्षरमार्ग साधक सम्मान’ पत्रकार सुकृत नेपाललाई , ‘कृष्णसुन अक्षरमार्ग काव्य सम्मान’ साहित्यकार हरिसुन्दर छुकांलाई तथा ‘कमानसिंह तुलसा स्रष्टा सम्मान’ शैली साहित्य समाजकी मञ्जुश्री प्रधानलाई प्रदान गरिएको हो ।

थप पढ्नुहोस

कुरा खेतीकाे बाेलबाला

अचेल कति मजाकाे समय
धित मारेर कुरा काट्न पाइन्छ
चिया पसल, छतका घाम
बगैंचाका सुन्तला र बदामसँग
क्या स्वादका कुरा !

थप पढ्नुहोस

मुस्कुराउँदै थुङ्गाहरू

कति धेरै पन्छीहरू
वल्लाे हाँगा पल्लो डाली
चिरबिर चिरबिर सङ्गीतमय पन्छी संसार
झ्वाम्म हरियाली नवपालुवाहरू
काेइलीकाे कुहूकुहू अग्ला रुखहरू
स्वच्छ हावा बाँडिरहन्छन् शीतल

थप पढ्नुहोस

बालगीत

फुलै फूल फुलाउने कस्तो राम्रो बानी

मन धाेई सुकाउने नानी कति ज्ञानी

 

मुस्कुराई मिठाे बाेल्ने सिपालु छ बानी

सिर्जनाले सजिइने कर्मयाेगी नानी

 

थप पढ्नुहोस

कवितामा नयाँ आयाम साइनो

भर्खरै हाे कवितामा नयाँ आयाम सुरु भएकाे । याे हाे, नवीनतम शैलीको कविता साइनो । सुरु भएको छाेटाे समयमा यसले व्यापक भूगोलमा फैलिएर स्रष्टाहरूकाे स्नेह पाइरहेको छ । नेपाली, अवधी, संस्कृत, हिन्दी,अङ्ग्रेजी, मलेसियन भाषाका स्रष्टाप्रिय साइनो कविता विश्वव्यापी लघुकविताका रुपमा प्रयाेग हुँदै आएको छ । यसले हजारौं स्रष्टाका रचना पाएकाे छ । यसमा पन्ध्र देशका सय्यौ स्रष्टाको हातेमालो चलिरहेको छ । यसकाे अनुयायी बनेका कतिपय स्रष्टा अरु अरु शैली प्रयोगमा पनि रमाइरहेका छन् । जुन साइनो कविताको आकर्षण र लाेकप्रियता पनि हाे ।

थप पढ्नुहोस