अक्षरमार्ग

केही मुक्तकहरू

यात्रा हो जीन्दगी खाइरहन्छ चोटहरू

जात्रा हो जीन्दगी लगाइरहन्छ खोटहरू

जात्रा र यात्राको घनचक्करमा मित्र

पीडा भित्रै लुकाई मुस्कुराऊन् ओठहरू ।

थप पढ्नुहोस

केही मुक्तकहरु

– भीमप्रसाद काफ्ले जसको मनमा हरि छैन, हरिका भक्त तिनै दन्त्यकथाका ईश्वर पुज्दै,अर्ती दिने तिनै खेतीपाती राम्रो तिनको, नित्य पूजाआजा पितृहरुको भरिया बन्दै, बोक्छन् झोली तिनै । भगवान् जस्तो अनुहारको मित्र, पनि दानव हुनसक्छ दानव देखिने पनि भित्र, नचिनेको भगवान् हुनसक्छ भित्र बाहिर एउटै हुने, दिव्य स्वरूप यहाँ को नै छ र? रगतमासु लुछिखाने हिँस्रक यहाँ, महामानव हुनसक्छ । बिर्सिदेऊ प्रेमकथा, च्यातिदेऊ सबै पानाहरु नपाल मनमा केही, तिम्रो याद आउँने व्यथाहरु सपनाका पर्दा च्याति, चियाउँदै नहेर तिमी बालकदेखि जवानीका मिठा, बिर्स सबै कथाहरु । धर्मछाडा, मर्मछाडा, कर्मछाडा साँढा तिनकै वंश फैलेका छन्, आज डाँडाकाँडा लाज सरम छाडी जति, माथि उठ्छन् अनि घाँटीसम्म खान्छन् तिनै, लुटी लाटागाँडा । घर बनाउँने कला छैन, स्वर्ग रच्न खोज्छन् डेढ अक्कली गफ चुट्दै, कुतर्कले घोच्छन् टपर्टुइयाँ भ्यागुतो, जति उफ्रोस् कुवामै खस्छ गफमा विद्यावारिधि गफैले, मख्ख पार्न खोज्छन् ।

थप पढ्नुहोस

तीन मुक्तक

गाउँ सुनसान विदेश जाने लस्करमा लागेपछि

कसको के लाग्छ राज्य नै तस्करमा लागेपछि

राजनीतिक परिवर्तनसँगै उँभो लाग्ला भनेको,

देशै डुब्ने भो शासक अस्वस्थकरमा लागेपछि ।

थप पढ्नुहोस

दुई मुकतक

एमाले बाबु ,माओमा , आमा दाजु नेमकिपा
बाजे बने जनमोर्चा भाइ कांग्रेस, फूपू भाल खाने मिले सबै
छानाभरि झन्डा झुल्ने हाम्रै , गणतन्त्र खासा।

थप पढ्नुहोस

पाँच मुक्तक

खाली कागजमा जे रंग नि कोरे पनि हुन्छ

मन न हो आखिर जता रंग सोरे पनि हुन्छ

किंतु यहाँ अमित भावनाका रंग नबिर्सनु

अरे खुला भन्दैमा नकोर्नु जे भरे पनि हुन्छ।

थप पढ्नुहोस

मुक्तक

सबै अट्ने एउटै छाना छाउन पाए हुन्थ्यो
सबैसँग चोखो प्रीति लाउन पाए हुन्थ्यो
हिमाल, पहाड र तराईको शब्द जोडेर
सधैभरि देशको गीत गाउन पाए हुन्थ्यो ।

थप पढ्नुहोस

तीन मुक्तक

चुम्बक जस्तो तिम्रो अँगालोमा अटाउन के सक्छु म
तिम्रै सुगन्धित मझेरीमा गुनगुनाउन के सक्छु म
यता डुलेँ उत्ता घुमे तिम्रै आँगन उत्कृष्ट भो
मेची काली मुस्कान भित्र हराउन के सक्छु म ?

थप पढ्नुहोस