अक्षरमार्ग

महानगरमा कतै

अनिल प्रभा कुमार

एकदम सुस्तरी ढकढकायो । अंतिम अवस्थामा विदा हुनलागेकी रजनी लाचार सुतिरहेकी थिइ । जिंन्दगीले अंतीम हाक लगायो । मृत्युले अस्वीकार गरिदियो । अंध्यारो थियो यो कोठामा बरसौंदेखि । बाहिर शायद प्रकाश हुन्छ होला तर यहाँ भीत्र कहिल्यै आउँन पाएको होइन । शान्त, हिउँझैं शान्त र कालो सुनसान । बाहिर घोच्दै गरेको उज्यालो, हिड्दै गरेको आवाज र चिच्याउँदे गरेको कोलाहल । कारहरूका हर्न, सब–बे–टे«नको घडघडाहट र गतिको आफ्नैजस्तो घचमज्ज भाषा । चिच्याउँदै गरेको एम्बुलेंस र प्रहरिका गाडिहरूका सायरन जिंन्दगीको लागि बाटो माग्दै गरेको । त्यो सबै सुन्दै रह्यो । यी आवाजहरूका सर्कस उसको लागि झिंगाहरू भुनभुनाएको भन्दा धेरै महत्त्व राख्दैनन् । आवाज बिनाको जिंन्दगीको बानी परीसकेको छ उसलाई । जसरी कोठाको एउटा भीत्तामा रतीभर पनि आवाज ननिकालेर कमिलाको ताती हिड्छ । उसले सहज महसूस गर्दछ यस्तो आवाजमा ।

फोहरको एउटा पहाड छ जसमा ऊ भासीदै रहेको हुन्छ ।यही यसै कोठामा । सोफा जोडेर बनाएको वेड नै उसको क्षेत्र हो । ऊ कहिलेदेखि यहाँ बस्दै, पल्टिदै र सुत्दै आएको छ । उदेखि बाहेक यहाँ कहिलै कोही आएको छ, नजिक बसेको छ संझना छैन । कहिलेदेखि चाहेको पनि छैन कि कोही आओश । चाहदैमा पनि त कोही आउने होइन । उमेरको सीमा पार गर्दा गर्दै थाहा छैन कति मानिस पछाडी नै छुट्छन् । केही मानिस अगाडी बढे र केही मानिस थाहा छैन कता हराए । थाहा छैन कहिलेदेखि हो उ एक्लै हिडीरहेको छ । बालुवामा गोडा धस्ने भासीने गथ्र्यो । अनी उठेर अर्को पाइला सार्ने प्रयत्नमा इच्छाहरूका मसानघाटमा डेरा बनाएर बस्यो । उसलाई त के कसैलाई पनि थाहा छैन । शायद थाहा पाएको भए कोही त आएर बोलाउथ्यो, यो अंध्यारो बाहेक पनि ।

ढोका बाहिर एउटा नेमप्लेट झुण्डिएको छ— “हैरी ग्रोअर” । उसलाई नै थाहा छैन कहिले पहिचान ‘हरजीत ग्रोवर’ बाट हैरी ग्रोअरमा परिवर्तन भयो । उ स्वयं पनि आफूलाई चिन्दैन । यतीमात्र थाहा पाएको छ कि उ एकदम मोटाएको शरीरको छ जो सुतिमात्र रहन्छ । बाथरुमसम्म जान्छ अनि ढोकासम्म मात्र । फोनमा खाने अडर गर्छ । अलिकति ढोका खोलेर बाहिरबाट मगाएको खानेकुरा समात्दछ र ल्याउनेलाई पैसा दिने गर्छ ।

टेबुलमा राखिएको पीजाका खाली डिब्वा एउटा बाङ्गोटिङ्गो टावर झै लाग्दछ । शायद उसले यसमाथी एउटा घडी राखीदिनु पर्ने हो जसले उसलाई समय चलिरहेको हुन्छ भन्ने जानकारी गराओस् । तर घडी त के उसको कोठाको भीत्तेपात्रो पनि पुरानो भइसकेको छ । उसलाई घण्टा, दिन, महिना र वर्ष बित्नुको कुनै प्रतिक्षा छैन । शायद प्रतिक्षा छ प्रतिक्षा समाप्त हुनुको ।
फर्समा खसेको भोजनका डिब्वाको थुप्रोबाट कुनै साङ्गलो निस्केर भागेकोथ्यो । उसले त्यो जादै गरेको हेर्दै रह्यो । के फरक पर्छको अंदाजमा टाउको हल्लायो ।

“फरक पर्छ । कोही आइपुग्यो भने ? पशुले पनि बस्नुभन्दा पहिले पुच्छरले भुइँसफा पार्ने गर्छ । ल पन्छाईहाल त आफ्नो सामान ।” आमा उसको टाउको पछाडि उभइिन् र छिटछिटो भनिन् ।

उसले आमालाई कहिले पनि नाई भन्न सकेको छैन । आमा लुगासिउने मशीनमा बसेर कपडाको घाटीको पट्टी र हातको कफ सिलाउदै गरेकी हुन्छिन् । साथमा चली रहन्छ पंजाबको उसको पिंढीको कुरा जो हरेक ठाउँमा उसको साथमा रहने गर्छ । थाहा छैन आमाले कहिलेदेखि यो काम गर्दै आएकी हुन् । फैक्टरीबाट उनले यी कफहरूका गोटाको हिसावले पैसा पाउँछिन् । उसले सम्पुर्ण पैसा बाउलाई दिने गर्छिन् । हैरी डराउँछ आफ्नो बाउसँग । कुनै पनि कुरामा उनको जस्तो बन्न चाहन्न । बस मस्त मनमौजी रहन चाहन्छ । आफ्नै किसीमले बाँच्न चाहन्छ । केही पनि गर्नेछ । कमाउँनेछ बाँच्नको लागि पुग्ने तर अर्काले जसरी होइन । उसले समय समयमा आफ्नो विद्रोह जनाउन चाहन्छ जब आमा आफ्नो खस्रो हातले उसको टाउको मुसार्छिन् तब उनको आँखामा थरथराउँदै गरेको दह देखेर हैरी एकदम मूक, शान्त भै हाल्छ ।

तब यो ठाउँ अर्कै किसिमको लाग्दथ्यो, घर जस्तो । आमा आफ्नो त्यसै बेडरूममा सुत्थीन । बाउ मरेपछि पनि र सधै यसै शोफा–कम–वेडमा उ, पछि आमा वाथको कारणले अपाहिज जस्ती भएकी थिइन् । यसले उनलाई नुहाउने सामग्री खोजेर लगि दिन्थ्यो हातले भोजन बनाएर ख्वाउथ्यो । आमाले बीच बीचमा उसको हात समात्ने गर्थिन्, “हैरी, विवाह गरी हाल ।” उ मुस्कुराउँथ्यो र सहमतीमा टाउको हल्लाउँथ्यो ।

हैरीलाई सांस फेर्न अपठारो भयो । उसले उठ्न खोज्यो । धेरै तागत लाग्ने गर्छ उठ्नमा । उसले आफूलाई त्यसै छाडिदियो । ‘पानी’ उसले एकदम सुस्तरी ओठओठमै बुदबुदायो । शब्द फडफडाएर त्यसै कोठाको फोहरमा गएर बस्यो । उ स्वयं पनि अब त्यसै फोहरको थुप्रोको भाग लाग्दथ्यो । सांस लिदैगरेको फोहर । उसको हात आपसे आप छातीमा आयो । उसले विस्तारै विस्तारै मल्न थाल्यो । उहिलै डाक्टरले भनेको थियोनियमित चेकअप गराइरहनु । उसले अब अनियमीत जान पनि उहिल्यैदेखि छाडिदिएको छ ।

किन जाने ? केको लागि जाने ? ताकि जिंदगी अझ तान्न सकिओस् ? तर कसको लागि ?
उसको चेतनाको अगाडी कुहिरोले छोप्यो । आंखा बन्द थियो । लाग्यो उसको मुहार भीज्दै छ । कुनै मुहार झुकेको थियो उसमाथी । उसले परेला हल्लायो । लीसाको नीलो आंखाले उसको बाटो रोक्यो । तिनको सांसको भापले हैरीको मुहार भीज्यो ।
“न जाउ हैरी । कहाँ हराएका थियौं तिमी ?”
“कतै होइन, म त जहिले पनि यहि थिए, तिमीले नै छाडेर गएकी थियौं मलाई ।”
“म खुला हावामा सांस लिन गएकी थिए । तिम्रो साथमा यहाँ म मर्ने थिए । तिमी आफ्नो कैदमा आफै थुनिएका थियौं । मलाई बाच्नु नै थियो ।”
“मैले तिमीलाई रोक्दा पनि रोकीन ।”
“कहिल्यै बोलाउदा पनि त बोलाएनौं । एक पटम पनि होइन ।”
लीसा उसको छातिमा टाउको राखेर सुन्न थाली । शायद तिनले चाहेकि थिइन् कि हैरीले हात लम्काएर तिनको आँसू पुछि देओस् । शब्दले केही भने पनि नभने पनि तर यस्तो स्पर्शले सबैकुरो भनिदिन्छ । एउटा हातले जब तिनलाई अधिकार पूर्वक बेरेर आफ्नो सुरक्षा घेरामा यसरी बेरोस् की तिनी फेरी कहिल्यै कतै जान नसकुन । प्रेमको यस्तो तीव्रता महसूस गरोस् कि त्यस बाहेकको उसले सम्पूर्ण कुरो बिर्सिदेओस् ।

तर यस्तो केही भएन । लीसाले भन्न सकिन र उसले बुझ्न सकेन ।
हैरीले सम्पूर्ण शक्ति संचित गरेर परेला उघार्‍यो । लीसा कतै पनि थिइन । उसको दृष्टि कोठामा रहेको मानीस बराबरको आलमारीमा गयो । त्यहाँ एउटा दराजभीत्र लीसा छ, एउटा फोटोमा ।
जसलाई उसले जानेबुझेसम्म कहिल्यै नसम्झने भनी कसम खाएको थियो त्यो यस समयमा किन यस्तरी संझना आउँदैछ ? उसले कोमलता पुर्वक ओछ्यानको तन्ना मुठीमा कस्यो । उसलाई लाग्यो मानौं लीसाको सांसको सुगन्ध यस कोठामा भरिएको छ । त्यस सुगन्धमा चेतनाले विस्तारै विस्तारै साथ छाड्दै थियो । एउटा मखमली अंध्यारो । एउटा नि:शब्द संगीत । उ शान्त भयो । नजानीदो मुस्कानले उसको ओंठमा आफ्नो नाम लेखेर गयो ।

समर भूमिगत सब–वेबाट बाहिर आएर अंदाज लगाउन थाल्यो उसलाई कतातिर जानु छ । ‘न्यूयार्क पोस्ट’ को सम्पादकले फोन गरेर उसलाई केही बताएको थियो । उ यती खुशी भयो कि सबै कुरो राम्ररी टिपोट गर्न पनि सकेन । दुई वर्ष अघि न्यूयाँर्कमा अंतराष्ट्रीय पत्रकारीताको पढाई गर्न आएको थियो । पढाईको साथमा कुनै पनि, जे जस्तो सानतीनो काम पायो उसले गर्दैथ्यो । कहीले वेटरको र कहिले बार–टेंडरको । आंशिक स्कालरशिप हुदा पनि बडो मुश्किलले बाँकी फीस र कोठाको आधा भाडा पुग्ने गथ्र्यो । धेरै दिनदेखि प्रयत्न गर्दैथियो । कही पनि आफ्नो लाइनमा फ्री–लांसिंगको काम पाइयोस् । आज न्यूयोर्क पोष्टकाले उसलाई काममा लगाएको थियो— सचेत गराउँदै । एउटा अनुसंधान मूलक रिपोर्ट लेख्नु थियो । मेहनत र गहिरो जानकारीको साथमा । जति राम्रो काम गर्नेछ त्यतीकै राम्रो पैसा पनि पाउने छ, यो उसले आफ्नो तर्फबाट बुझेको थियो । यस उत्साहमा उ बिहानदेखि भोकै रहेको कुरा बिर्सिएको थियो ।
उ टाउको उठाएर हिड्दै रह्यो र घरहरूका नम्बर पढ्दै थियो । एक ठाउँमा रोकियो । यही पब्लिक उडमिनिस्ट्रशन कार्यालय हुनुपर्छ । उभित्र प्रवेश गर्‍यो अनी यता उता हेर्न थाल्यो । एउटा मानिस जो अहिलेसम्म आँखा गाडेर बसेको थियो, उसलाई आँखाले जाच्न थाल्यो ।
“म न्यूर्याक पोस्टको लागि एउटा रिपोर्टको सूचना लिन आएको हुँ । तपाईं पाँल शूमर हो ?” उसले छिट छिटो सबै कुरो बतायो ।
त्यसमानिसले अगाडी जान इशारा गर्‍यो ।
समरले अगाडीको कोठाको ढोका खुला पाएर उभीयो । एउटा मोटो चश्मा लगाएको मानिस वरीपरी फाइल र कागजको थुप्रोमा व्यस्त थियो । उसको टाउकाको कपालले उसलाई घोडाको नालको संझना गरायो ।
“पाँल शूमर ?”
उसले आँखाले समरलाई हेर्दै सहमती जनायो ।
“म समर हूं । तपाईं मलाई सैम भन्न सक्नु हुन्छ ।”
“हँ । मलाई थाहा थियो तिमी आउछौं भनेर ।” पाँलले उसलाई जाँची रहेको थियो ।
“के तिमी इंडियाका हौं ?”
“हजुर ।”
“तब ।”
“के भन्नु भएको ?”
“शायद उ पनि । निश्चित होइन । हुन सक्दछ शायद इंडियन नै थियो ।”
“उसको कुनै फोटो ?” समरलाई लाग्यो, शायद उसको मुहार हेरेर नै उसले सम्पूर्ण कुरो त्योसँग जोड्न सक्नेछ ।
पाँल फेरि कागज र फाइलहरूमा हरायो ।
समरलाई थाहा थियो कि उ कहिल्यै उसलाई कफीको लागि सोध्दैन । हुन त उसले यस कार्यालयमा कतै त्यसको तिखो सुगन्ध आँउदै रहेको थाहा पाएको थियो ।
पाँलले निकै लामो समयसम्म आफ्नो हिसावले कागजपत्र व्यवस्थितगर्दै रह्यो । अनि कुर्सी घुमाएर उतीर फर्कियो ।
“के थाहा पाउन चाहन्छौं ?”
“सबै कुरो ।”
“अहिलेसम्म उसको बारेमा केही पनि थाहा छैन । हामी छानबीन गरिरहेका छौं । सरकारी कागजपत्र अनुसार त्यो अपार्टमेंट हैरी ग्रोअरको थियो र उ त्यही वस्थ्यो । यस तर्क अनुसार यो शव पनि उसैको हुनुपर्छ ।”
पाँल शून्यमा केही हेर्दै थियो । “ढाडिएको, विकृत, पहिचान भन्दा टाढा, कहिले शरीर भएको शव । यो पनि थाहा छैन उसको मृत्यु कति दिन अघि भैसकेको थियो ।”
समर अलिकति झस्कियो । केही नभनेर नोट गर्न थाल्यो ।
“उसका छिमेकीले उसको अपार्टमेंटबाट तीव्र दुर्गन्ध आएको उजुरी गरेको हुँदा प्रहरी त्यहाँ पुगेका थिए । उसको शरीर कारपेटमा पसारीएको पाए । ढाडिएको र वीभत्स । अवश्य पनि उसको मृत्यु त्यो दिन त भएको होइन ।” यसले आफ्नो प्रश्न सूचक नजरले समरलाई हेर्‍यो ।
समरले ठम्याउन सकेन टाउको हल्लाउनु बाहेक अरू के प्रतिक्रिया दिन सकिन्छ ।
“न त हिजो, न अस्ति, न त निकोर्सि । उ धेरै दिनदेखि यस्तैगरी पसारिए कै थियो । संसारबाट उ गएको कुनै घोषणा भएन । उ चुपचाप यसरी नै संसारबाट गयो । शायद उसले कसैलाई अन्तिमविदा भन्नु पर्ने नै थिएन ।”
समरलाई लाग्यो जस्तो पाँलले उसलाई कुनै अँध्यारो डरलाग्दो गुफामा लिएर गएको छ जहाँ ति दुइ मात्र छन् र मृत हैरीको शव छ । गन्ध छ घुटन छ । पाँल शायद कुनै अनजान शवसँग भावनात्मक रूपमा जोडिन थालेको महसूस गर्न थालेको छ । समर असहज हुन थाल्यो । उ पत्रकार हो उसले जुनसुकै अवस्थामा पनि तटस्थ रहनु पर्छ ।
पाँल चुप भयो । फाइलबाट केही कागज, फोटा र पत्र लगायत खोज्न थाल्यो । अनि उभीयो ।
“यो मेरो विभागको काम हो । मरिसकेका मानिसको सम्पती, वसीयत र उसको वारीस खोज्नु जाच्नु ।” पाँलले कुर्सीलाई पछाडी सारेर छततीर हेर्न थाल्यो ।
“भाग्यहिन थियो त्यो । एकदम भाग्यहिन । चारैतिर विज्ञापन गरेका छौं । खोजी रहेका छौं । उसको शवसम्म लिन कोहिपनि आएन ।”
समरलाई लाग्यो पाँलले आफ्नो स्थिरता गुमाउँदै छ । उसलाई संभवत म यहाँ भएको संझना छैन । पाँलको मुखबाट बडबडाउँदै गरेको जस्तो केही शब्द निस्कियो ।
“कोही त होला उसको चाहे त्यो भलै टाढाको नै किन नहोस् ।” समरलाई सम्पूर्ण कुरोमा विश्वास नै लागिरहेको थिएन ।
“हैरीले अती राम्रो बैंक बैलेन्स छाडेर गएको छ । वृद्धावस्थामा सरकारबाट पाउने सोशल सिक्योरिटी र आफ्नो यूनियनबाट विकलांगता भत्ता गरेर बैंकमा उसको खातामा निकै रकम छ । जसले उसलाई एक्लै मर्नको लागि छाडिदियो त्यही गिद्ध थाहा छैन कता कता बाट उसलाई लुछ्न नङ्ग्राउन प्रकट हुनेनै छ ।”
“तर उसको बाँडी ?”
“तबसम्म हैरीको बाँडी कुईन्सको एउटा मुर्दा घरमा राखीनेछ ।”
“आखिर कहिलेसम्म ?” समरले बडो मुस्किलले भन्यो ।
“जबसम्म कुनै उसको आफ्नो पाइदैन । जबसम्म यो प्रमाणीत हुदैन कि यो शव उसैको हो जो त्यस अपाँटमेंटमा बस्दथ्यो । तबसम्म त्यो त्यही रहन्छ त्यस चिसो मसानघाटमा आफ्ना अरु गुमनाम साथीहरूका साथ जसको पहिचान हुन सकेको छैन ।” पाँलले शायद आफ्नो तर्फबाट भद्दा मजाक गर्न खोजेको थियो ।
समरको ओठ नराम्ररी खुम्चियो । शवहरूको महफिल । मृत्युको अंतिमरेखा पारगरीसकेपछि भेटीएका शव–साथी । शायद एक अर्कासँग सोधीरहेका होलान् के जीवित छदै भेट्न सक्दैन्थ्यौं ।
समरको मन बडो विवश थियो, आक्रोशले भरिएको थियो जस्तो भीजेको दाउरा बाल्दा पुतपुताउँदै निस्केको धुवाँ जस्तो । यसको मुक्ति अहिले पनि छैन ? जीउदोमा पनि भेट्न कोही आएन । के यही यंत्रणा प्रयाप्त होइन । मरेपछि पनि कोही पनि आउने छैन तब के हैरीले यही यंत्रणा सहेको हुँदा अरू सजाय पाउँछ ?
कागज पत्रको गरुङ्गो पोकाले समरलाई फेरी यथार्थजगतमा ल्याएर उभ्याई दियो । पाँल बाहिर गई सकेको थियो । उसले सबै कुरो बटुलेर कारीडोरमा राखेको कुर्सीमा गएर बस्यो ।
हैरीको एकदम निजी अस्तीत्व अब प्रबंधनको हातबाट चारैतिर खोतलेर खोलिदै थियो । अब सकै कुरा सार्वजनिक सूचना सरह आएको थियो । समरको हातमा एउटा पासपोर्ट पर्‍यो जुन कहिल्यै पनि प्रयोग गरिएकै थिएन ।
एउटा अग्लो–लामो मानिसको गर्बिलो मुहार ।
नाम— हैरी ग्रोवर, कद— छह फुट, वजन— दुई सय पाउंड ।
जन्म— उन्नीस सय सैंतालीस, स्थान— यूबा सिटी, कैलिफोर्निया ।
आँखाको रंग— गहिरो कैलो ।
समरले आफ्नो तर्फबाट थप्यो । रंग— तामाजस्तो ।
“यूबा सिटी, कैलीफोर्निया ।” यो शब्द समरको मस्तिष्कमा भँवरा झै भुनभुनाउँदै नाच्न थाल्यो । यूबा सिटी— अमेरीकामा एउटा सानो पंजाब । जहाँ सयवर्ष भन्दा पनि अघि पंजावी प्रवासी श्रमिक आएका थिए । एकदम परिश्रमी र चुनौतिलाई पनि चुनौती दिन सक्ने किसान । ‘ग्रोअर’, उत्पादक केही केही वुझ्न थाल्यो । उसको सोचमा एउटा आर्को कडी आएर जोडियो । हरजीत दोश्रो पीढीको होला ।
केही फोटो । आमा–बुवाको माझमा उभिएको एउटा छ–सात वर्षको बालक । समरले हेर्दै रह्यो उसको यस तस्बरिलाई । मानीस अग्लो कद–काठीको छ । महिलाले सलवार–कमीज लगाएकी छिन् । बालक निश्चिन्ताको साथमा दुबैको बीचमा उभिएको छ । फोटोमा कोही पनि मुस्कुराएका छैनन् ।
शायद तब उसलाई हैरी भारतीय मूलको हो भन्ने शंका छ ।
उसको आफ्नो पनि एउटा फोटो छ आफ्नो आमा बुवाको साथमा । बुवा त अहिले रहेनन् । आमा अब आफ्नो फोटोमा खुम्चिएको प्रतिरूप लाग्दछ । उसको हिम्मत नै भएको थिएन आमालाई छाडेर यती टाढाको देशमा आउन । उसलाई असमंजसमा पाएर आमाले नै भनेकी थिइन्— “त जा । आफ्नो भविष्य वना । सबैका छोरा छोरी आजभोली बाहिर गएका छन् । शायद हाम्रो घरमा पनि चारपैसा आओस् ।” आमाले भनेको कुरा उसको मनमा बिझ्ने गरेको छ ।
“यदी त्यहाँ केही काम बन्यो भने त आमा तिमी पनि त्यही आउनु पर्छ ।” उसले मायाले भनेको थियो ।
“हो त, अवश्य आउँछु । मैले कहिले आउदिन भनेकी छु र ।” शायद आमाले हास्ने कोशीस गरेकी थिइन् तर खोकीको लहर चल्यो । उनी त्यही ओछ्यानमा बसीन् ।
तब विवशताको एउटा लहर समरको भीत्र उठ्यो । आमा एकलै कसरी बस्नु हुन्छ ?
उसले पुन: आफ्नो ध्यान फोटोमा केन्द्रीत गर्‍यो ।
एउटा फोटो । चारजवान जवां युवा । घाटीमा वाया हात राखेर र हातमा बियरको मग समातेको । ‘चियर’ गर्ने पोजमा । समरले निकै बेरसम्म त्यस फोटोलाई हेर्दै रह्यो । उसको आफ्नो यस्तो कुनै फोटो छैन ।
एउटा अर्को सानो फोटो थियो । नीलो आँखा भएकी गोरी केटीको सामान्य रुप रंगकी मुस्कुराउँदै गरेकी ।
यही तिनवटा मात्र फोटा पाइयो ।
केही कार्डहरू थिए । क्रिसमसमा आएको । डेविड बर्नटको दुई र लीसाको तीन । समरले त्यसमा लेखिएको तारिख पढ्यो जो बाह्र वर्ष पुरानो थियो । जन्मदिनमा पठाएको एउटा कार्ड पनि थियो, तीन वर्ष पुरानो । समरले पढ्यो ।
“हैरी, शायद तिमीलाई कहिल्यै भनिन, तिमी र तिम्रो मित्रता मेरो जीवनमा कती महत्वको छ । तिम्रो लीसा ।”
को हुन् यिनी ? के यिनले हैरीको मृत्युको समाचार थाहा पाइनन् ? समरको विचार कुहिरोमा हराउँदै थियो । “जन्मन त सबै मानिस एक्लै नै हो र फेरी एकदिन मरेर पनि एक्लै जाने हो । यी दुई बिंदुहरूका बीचमा कहि कतै त सम्बन्ध हुन्छ जसलाई ‘आफ्नो’ भनिन्छ । कहाँ छ यसको कोही आफन्त ?”
समरलाई एक्कासी आफ्नी आमाको संझना आयो । एक्ली दुब्ली तर कती बलियी । कस्तो बहादुरीको साथमा आफ्नो एक्लो सन्तानलाई पठाइदिइन् । र समर ? उ उब–डूब गरिरहेको छ यस अजनबी भीडमा । कसलाई के थाहा उ पनि यहाँ कती एक्लो छ ।
पाँल फर्केर आएको थियो । फेरी पनि पहिलेको शांत मुखौटा लगाएर ।
समर नजिक गएर उभीयो ।
“त्यस मान्छेको केही त अतीत थियो होला । हामीले सबै खोज्नु पर्नेछ ।”
“त्यही त हामी सरकारी मान्छे खोज्ने प्रयत्न गरिरहेका छौं ।”
पाँलले समरलाई केही अरू कागज दियो । कार्डमा एउटा ठेगाना पनि लेखेर दियो ।
“भोली तिमी यस ठेगानामा जाउ ।स्वयं आफ्नो आँखाले सम्पूर्ण जानकारी प्राप्त गरेर यथार्थ रीपोर्ट लेख्न सक्नेछौं । म त यहाँ छदैछु । तिमीलाई स्थितिको बारेमा जानकारी गराइरहनेछु ।”

पीजाको दुइवटा स्लाइस लिएर जब समर आफ्नो कोठामा पस्यो तर उसको रुम–मेट त्यहाँ थिएन । उसले सन्तोष महसुस गर्‍यो । निश्चिन्त भएर खान थाल्यो । आज दिनभरीको यही नै भोजन हो । ब्रेक–फास्ट, लंच र डिनर पनि । उसको मोबााइल बज्यो : नम्बर हेरेर उसको मुहार खुम्चियो । फोन उठाएन । चुपचाप पीजा खादै रह्यो ।
उत्तर सोच्दै रह्यो । दिल्लीको फोन थियो छिमेकी काकीको । यही एउटा सूत्र थियो उसको र आमाको बीचमा । कती विन्तीभाउ गरेर उसले आमाको जिम्मेवारी सुम्पेर आएको थियो । काकीले त जिम्मेवारी पुरा गर्दै थिइन् । उ आफै जिम्मेबारी पुरा गर्न असमर्थ थियो । थाहा छैन कसरी बताउने अरूलाई । शायद उसको असमर्थता कसैले पनि न त थाहा पाउन नै चाहन्छ र न त विश्वास नै गर्नेछ ।
“तेरो छोरा एकपटक अमेरीकामात्र पुगोस् न बस …..” र सपनामा ताजमहल बनाउँन शुरु भै हाल्थीन् ।
“…… यती पैसा पठाउने छ, तिमी सम्पूर्ण संसार घुमेर आउन सक्नेछौं । एउटा इम्पोर्टेड गाडी पनि माग्नु छोरासँग, ड्राइवरको साथमा । हामी राम्रो माँलमा शाँपिङ गर्न जानेछौं ।”
थाहा छैन आमा यी सब चाहन्थीन पनि या थिनन् तर उनकी सहेली, छिमेकी, यो काकी आफ्नो उत्साहमा उनको मुहारमा एउटा मुस्कुराहट, चमक त ल्याइनै हाल्थीन् ।
यस कोठाको एउटा कुनामा घर मालिकले दिएको सानो साइजको माइक्रोवेव ओवन थियो । साथमा काठको टेवुल र दुइटा कुर्सि । सम्मुखमा एक अर्काको दुई साना बेड जसमा वस्न काम आउँथ्यो र राती सुत्न । हाँलको बाथरुम सबै किराएदारहरूको प्रयोगको लागि थियो । समर सोच्दछ स्टूडेंट वीसा लिएर आई त पुग्यो तर अब फर्किने तलवार घाटीमा झूण्डिरहेको थियो । नयां राष्ट्रपति र नयाँ राजनीतिक उथल–पुथलको साथमा उसको भविष्य पनि अब डांवाडोल थियो । आज प्रतिष्ठित काम पायो । लाग्दछ लक्षण राम्रो छ । पैसा हात पर्नासाथ पहिले आमालाई पठाउँनेछ ।
मोबाइल फेरी बज्यो । उसले अनुमान लगायो त्यहाँ दिन शुरुभई सकेको छ । यसपटक उसले फोन उठायो ।
“समर, अनि तिमीले के सोचेका छौ ?”
“हजुर …… ” उसले ठम्याउन सकेन की के भन्ने ।
“तिम्रो आमाको अवस्था धेरै खराव हुदैछ ।”
“हजुर, म आज तपाईंलाई केही पैसा पठाई दिन्छु ।”
अर्कोतर्फबाट केही क्षणसम्म कुनै आवाज नै आएन ।
“तिमी आउन सक्दैनौं ?” आवाजमा असन्तुष्टी थियो ।
“काकी, तपाई हुनुहुन्छ त त्यहाँ । राम्रो डाक्टरबाट जचाउन लगाउनुस् । म त्यहाँ आएर पनि गर्न नै के सक्छु ?” उसको आवाजमा रहेको दयनीयपन अर्को छेउसम्म पुग्यो ।
“जस्तो तिमीलाई राम्रो लाग्छ ।”
फोन राखी दियो उसले । लाग्यो टाउकोमा मात्रै होइन छातीमा पनि ठूलो ढुङ्गाको भारीले थिचेको छ । टाउको झट्कारेर उ त्यो दस वाई बारफुटको कोठामा यताउती घुम्न थाल्यो । गोडा कडा टाइलमा र मन आमाको ओछ्यानमा घुमीरहेको थियो ।
मस्तिष्क विवश लाग्दथ्यो, तर्क दिन्थ्यो अमेरीकामा स्थायी रूपमा बस्नको लागि कागजपत्र जम्मा गराईसकेको छ । यसै बीच यदि उसले देश छाडेर गयो भने त पुन: प्रवेश शायद गर्न पाउने छैन । टिकट किन्ने पैसा पनि त छैन यस समय उसँग ।
मन गर्दछ, सबै कुरो छाडेर यहाँबाट हिडुँ । आमा एक्लै हुनुहुन्छ । कस्ले हेर बीचार गर्छ उहाँको ?
मस्तिष्कले आफ्नो चाल चल्छ । संभव छ आमा नै रिसाउनु हुनेछ । किन आइस सब कुरो बीचमा छोडछाड गरेर । यति नै चिन्ता थियो भने गएको नै किन थिइस्? आफ्नो गोडामा उभीन सक्ने त बन्नु पथ्र्यो ।

कहाँ उभीन सकेको छ ? अहिलेसम्म त लरबराईरहेकै छ । उसलाई धेरै सोच्ने रोग छ शायद । अहिले आमासँग छिमेकी काकी त हुनुहुन्छ । अवस्था राम्रो हुनासाथ उसले आमालाई यही आफूसँग ल्याएर राख्नेछ । सिरानीमा टाउको राखेर सुत्यो समर ।
कुईन्सको त्यो भीड भएको इलाका थियो । हल्ला त संभवत भीडभन्दा पनि धेरै । समर यस वातावरणमा सहज महसूस गरिरहेको थियो निम्न मध्यमवर्गीय— समरको दिल्लीको घर जस्तो नै । यहीं कतै कसैको मृत्यु भएको थियो जसको लास लिन कोही पनि आएको थिएन । त्यो शहर, जहाँ कुनै हत्या अथवा दुर्घटना पनि हुन्छ भने मानिस सडकको चौबाटोमा मोमबत्ति बालेर फूलले सजाउँछन् । मशाल बालेर मौन जुलूस निकाल्छन् । त्यसै महानगरमा एउटा एक्लो, गुमनाम चुपचाप मृत्यु ।
कुईन्स निवासी, हैरी ग्रोअर, उमेर सत्तरी वर्ष । बस यतिमात्र यो तथ्याङ्क शहरको मृतकको रजिष्टरमा दर्ता भएको छ ।
मुख्य बजारभन्दा धेरै पछाडि बनेको यो घर मुर्दा मानिसको बस्ती जस्तो लाग्यो । शहरको विपरीत कुनै चालचुलछैन । यीनै चुपचाप घरहरूमा चुपचाप मृत्यु हुने गर्दछ । शहरले एउटा धुकधूकीसम्मबिर्सन्न । समर बिस्तारै बिस्तारै हिडेर त्यस ढोकाको बाहिर पुगेर उभियो जहाँ एउटा पुरानो नेमप्लेट थियो— ‘हैरी ग्रोअर’ ।
ढोका बन्द थिएन अथवा ढप्किएको थोरै र खुलेको धेरै । भीत्र केही हलचल भएको जस्तो लाग्यो ।
समरले विस्तारै ठकठकायो ।
एउटा निकै मोटो कालो मानिस बाहिर आयो । उसले आफ्नो कपडाको माथी सेतो रंगको ओभरकोट लगाएको थियो । गोडामा लामो बूट, हातमा गह्रौ काम गर्ने मानिसको जस्तो पंजा, टाउकोमा प्लास्टिकको टोपी र नाक–मुखमा मास्क ।
मुखबाट मास्क निकालेर उसले समरलाई टाउकोदेखि पाइतालासम्म घुरेर हेर्‍यो ।
“तिमी न्यूयाँर्क पोस्टबाट आएका हौं ?”
समरले सहमतीमा टाउको हल्लायो ।
“यही रूक ।” भनेर उ भीत्र गयो । केहीवेरपछि एउटा अर्को मास्क, पन्जा र जूताको माथीबाट लगाउने प्लास्टिकको कवर लिएर आयो । समरलाई दिएर भन्यो ।
“यही बाहिर उभीएर लगाउ । अनी भीत्र आउनु । मेरो नाम चार्ली हो र भीत्र एडवर्ड छ मसँग ।”
कोठाको दृश्य देख्ना साथ समर जहाँको त्यही उभीयो । यहाँ कहिल्यै कोही मानिस रहन्थ्यो, सोच्नको लागि आफ्नो मनलाई संझाउनु थियो । महत्त्वपूर्ण बस्तुलाई प्रायश: रद्दि ठानेर फालीदिने गरिन्छ । यसरी जम्मा गरिएको थियो जस्तो जीवन वचाउने यही अंतिम उपाय हो । शायद एउटा यस्तो मन:स्थिति हुँदो हो जहाँ मानिस सबैकुरो बटुल्दै जान्छ जस्तो बस्तु नै अब बेसकिमती भएको छ ।
“एड्डी, यो रिपोर्टर आएको छ ।” कालो मान्छेले कराएर गोरो मान्छेलाई जानकारी गरायो ।
ती दुई ठुल ठुला प्लास्टिकका कालो थैलोमा एक एक चिज हाल्दै जादै थिए । भाचिएको रिकार्डर, पुरानो समाचार पत्र, पत्रिकाहरू, रित्तो सिसी र थाहा छैन कुन कुराको रित्तो डिब्वा । धेरै थैलो भरिएपछि पनि कोठामा पाइला राख्न गाह्रो थियो ।
एड्डीले समरको हात समातेर उसले दुई पाईला बाटो कटायो । उसलाई कोठाको बीचमा यस्तो ठाउँमा उभ्याइदियो जहाँबाट उसले प्रत्येक बस्तु राम्ररी हेर्न सक्दथ्यो । भाचिएको स्टोव, ठुलो बन्द आलमारी, रोकिएको भीत्ते घडी, मैलो कपडाको थुप्रो र छतमा झुण्डिएको नचलेको पंखा ।
चार्लीले ओछ्यानको नजिक रहेको सानो मेजबाट औषधीका रित्तो शीशिहरू थैलोमा हाल्यो । समरलाई त्यसमा बस्ने इशारा गर्‍यो । समर गुमसुम बन्दै थियो ।
“भयानक ! भयानक !” एड्डीले काम गर्दै बीच बीचमा बरबराउदै थियो ।
“कोही यसरी पनि गुमनामीमा मर्छ के ?” उसले समरलाई हेर्‍यो ।
“को ? हैरी ?”
“हो, शायद त्यही ।” तर अहिले यही नै हो भन्ने पोख्ता हुन सकेको छैन । अहिले त कैयौंदिनदेखि उसको लाश मुर्दाघरमा राखिएको छ । थाहा छैन कहिलेसम्म यसरी नै राखिनेछ ।
“यो हाम्रो काम हो । जसको कोही वारिश हुँदैन, त्यहाँको सरसफाई गरेर केही पाउने जस्तो । तर अब म डराउँन थालेको छु । म यसरी मर्न चाहन्न ।” चार्ली उदास थियो ।
“मेरो पनि संभवत: यस्तै अवस्था हुनेहोला । पत्नीले छाडेर गई र सन्तान भएको छैन । तिमीलाई थाहा छ सैम, केही मानिस चुपचाप नै मर्ने गर्छन् जहां कोही उसंग कुरा गर्ने पनि हुँदैन ।मैले देखेको छु यस्तो मृत्यु । तब मेरो मुटु काप्न थाल्दछ । म यसरी एक्लै मर्न चाहन्न ।” उसको आवाज काम्न थाल्यो ।
अग्लो छतभएको कोठामा आवाज गूंजीरहेको थियो । “म एक्लै मर्न चाहन्न ।”
समरले लेख्यो । लाग्दछ संभवत हैरी यही हो । यो आतीएर कराएको थियो । थाहा छैन कहिले अन्तिम पटक । अन्तिम आवाज शायद उसले आफ्नै आफैले सुन्यो होला । आफू आफैसँग पनि बडबडाउदै थियो होला ऊ । चारैतिर उसले रित्तो सामान राखेको थियो । राख्यो उसले । जो भीत्र आयो बाहिर जान दिएन । कोठा रित्तो थिएन । उ यी सबेको बीचमा थियो । आफ्नो आवाजमा आफू आफैसंग कुरा गर्दै । आफूलाई पूर्ण बनाउँने झिनो कोशीस गर्दै । अनि थाक्यो आफू आफैसंग कट्टी गरिलियो । गइहाल, अब के भनु त सँग ।
कोठाको वातावरणमा केही त थियो जो समरको चेतनामा हावी हुन थाल्यो । उ लेख्दै जादै थियो । कसैलाई थाहा छैन यस व्यक्तिको बारेमा । उ शायद अहिले पनि यतै कतै मण्डराईरहेको छ । उसले आशा पनि गरेको थिएन कि कसैले उसलाई चिनोस् । ढोकासम्म पुगेर उस्को आँखा निराश भएर फर्किन्थ्यो होला । अनि पुन: विनाआवाज शून्यको सलीबमा झुण्डिनको लागि ।

जिन्दगीले धेरै धोखा दिएको छ उसलाई । शायद हृदयको पीडाले थिलथिलो भएको होला उ । उदासी छातीमा बसेर उसको आत्मालाई सधै कोपर्दै होला । हुन सक्दछ कहिल्यै धेरै सहनशक्ति थियो होला उसमा । एक्लो पन र उदासीको पीडा चुपचाप झेल्दै शायद धेरै अवेर भयो । अंतमा बचेको होला अवसादको भयानक कुहिरो मात्र जसमा ऊ गरिराईमा भासिदै गयो ।
समर यी सबै कुरो लेख्दै जाँदै छ । उ गवाह बन्न पुगेको छ एउटा लाश बन्न पुगेको जीवनको । जसलाई न कहिल्यै देखेको थियो, न त सुनेकै थियो । उसैको बारेमा अहिले थाहापाउने प्रयत्न गर्दैछ । एउटा रिपोर्ट जुन उसले लेख्नु छ । एउटा मानिस जसको नाम हरजीत ग्रोवर थियो । अब त्यस हैरी ग्रोअरलाई त्यस संसारमा भेटाउनु थियो जसलाई उसले कहिल्यै थाहा पाएन र न त थाहा पाउने कोशिस गरेको थियो । उसले रोक्नु थियो यो एकतमाशले दौडदैगरेको महानगरको बौलाहा भीडलाई । टान्म्स स्कवाँयरमा शायद एकदम ठुलो डिजीटल पोस्टर लगाएर । हैरीको तस्वीर लगाएर । जो बिजुलीले चम्किएको यस शहर उसलाई गिज्याउँदै हाँस्दैछ ।

“म एक्लै मर्न चाहन्न । नाई….. नाई ।” एउटी आइमाई चिच्याउँदै थिइन् । अनी आवाज हराउन थाल्यो । अनौठो घ्यार–घ्यारको ध्वनि । शायद कसैले छट्पटाउँदा हात कम्बलबाट बाहिर निकोलेर फाल्यो । विस्तारै विस्तारै त्यो घ्यार–घ्यार आवाज हरायो । कम्बलमाथी निकै धेरै बस्तु खस्न थाल्यो । केही धुलो जस्तो माटो । सुकेका फूल, पात, नरिवलको गोला । अचानक त्यसमा आगो लाग्यो । ठुला ठुला ज्वाला । उ दुवै हातले आगो निभाउने कोशिश गरिरहेको छ । आगो निभ्न सकेको छैन । उ रोकिन्छ । आफ्नो हात हेर्छ जो पोलिएर विरूप बनेको छ । हैरान छ, उसलाई अलिकती पनि पीडा भइरहेको छैन । उसलाई प्यास लागेको छ । सम्मुखमा गाग्री छ पानीले भरिएको । समर त्यता लम्कन्छ तर छुन सक्दैन । उ चिच्याउँन चाहन्छ, पानी–पानी । उसको घाटीमा काडा उम्रीएको छ । आवाज निस्कदैन ।
समर अतालिएर उठेर बस्छ । गहरिएर हेर्दै कोठाको एक एक बस्तु चिन्ने प्रयत्न गर्छ । फर्केर आयो कोठाको त्यसै संसारमा । उसले सपना देखेको छ— भयानक अनौठो । जो देख्यो त्यसले तर्साएकोछ उसलाई । टाउको गह्रौं लाग्यो । थाहा छैन मन कस्तो कस्तो हुन थालेको थियो ।
बाथरूममा गएर मुख पानीले धोयो । रुममेट अहिले पनि गहिरो निद्रामा सुतिरहेको थियो । एकदम बिचार गरेर कीतलीमा चीयाको पानी ततायो । सोच्दै रह्यो यो कस्तो अनौठो सपना थियो ? उसले शायद हैरीको बारेमा धेरै सोची रहन्छ । हरेक क्षण त्यही विषयमा यतीअल्झीएको छ कि अरू कुनै कुराको होश नै छैन । आज उसलाई हैरीको वसीयतमा लेखिएको ती तीन मानीसहरूका बारेमा पनि जानकारी लिनु छ ।
चाड चाडै तयारी हुँदा हुदै रोकियो । कहि केही मनमा अडकिएको थियो । तल वरण्डामा आएर आमालाई फोन लगायो । फोनमा भेटीइन् ।
“कस्तो हुनुहुन्छ आमा ?”
“ठीक छु ।” एकदम क्षीणजस्तो आवाज आयो ।
“धेरै बीरामी हुनुहुन्छ ?” उ ममताले पग्लीयो ।
“छैन त । तैले मेरो चिन्ता नले ।”
“आमा, आफ्नो ख्याल राख्नुस् । पछि कुरा गर्छु ।”
सोच्यो, फर्केर काकीलाई फोन गरेर पूरा जानकारी लिन्छु ।
पाँल अहिलेसम्म हैरीको केसमा जे प्रगति भयो, त्यस बारेमा भन्दै थियो र समर त्यतिनै सक्रियताको साथ हरेक कुरो नोट गर्दै रह्यो ।
“हैरीको वसीयत अनुसार उसका दुई साथी र एउटी महिला मित्रलाई उसको संपत्ति बाँडी दिनुपर्छ ।” “को हुन् यी मानिस् ?”
“दुई साथी जसको साथमा उसले कार्यालयहरूमा फर्नीचर सजाउने व्यापार गरेको थियो र तेश्रो महिला मित्र— लीसा ।”
समरले लीसाको बारेमा सोच्न थाल्यो ।
“के यिनीहरूसँग सम्पर्क भयो ?”
“एउटा साथी दस वर्ष पहिले र लीसा पनि ६ महिना पहिले मरी सकिन् । एउटा साथी बर्नी ब्राउन । उसले पनि बितेको तीन वर्षदेखि हैरीसँग कहिल्यै कुरा गरेको छैन । भन्दैछ म हैरीलाई राम्ररी चिन्दिन । तिनीहरू बारमा बसेर बियर पिउदाका मात्र साथी थिए ।”
समरको मुहारमा अहिले पनि त्यही प्रश्न बसेको थियो ।
“तर …..”, कुरालाई अधुरै छाडेर पाँल व्यंग्यपूर्वक अलिकती मुस्कुरायो ।
“तर यो अचानक पाइने राशिले उ धेरै खुशी छ ।”
समरको ध्यान वसीयत भन्दा धेरै त्यस मानिसतर्फ थियो जसले सामान्य परिचयको भरमा आफ्नो जम्मा–पंूजी त्यस बर्नी ब्राउन नामको मान्छेको नाममा गरिदियो । किनभने उसले केही क्षणको लागि भए पनि उसको निरस जिवनमा मित्रता छरिदिएको थियो ।
लीसा पनि के मित्र मात्रै थिइन् ? शायद अरू केही पो थिइन् की जसबारेमा जानकारी गराउँने कोही रहेन मात्र जन्मदिनको अवसरमा पठाएको त्यस कार्ड बाहेक । सट्टामा हैरीले उसलाई पनि आफ्नो सम्पत्तिको हिस्सेदार बनाइ दियो । लीसालाई शायद उसको भावनाको भनक थियो । शायद कसैलाई थाहा छैन ।
अब थाहा पाएर पनि हुन्छ नै के ?
समर अब एउटै कुरामात्र जान्दछ, यतिका दिन भैसक्यो हैरी कहिलेसम्म एउटा सार्वजनिक मुर्दाघरमा रहनेछ । उ झस्किन्छ यो सोचेर, हैरी पहिले पनि मुर्दाघरमा रहेको थियो । सांस रोकिएपछि अब उसको शरीरको सरूवा निजीको सट्टा सार्वजनिक मुर्दाघरमा भएको हो । के एउटै सजाए उसले दुई पटक भोग्दैछ । शायद अलीकती फरक छ । पहिले जब उ आफ्नो निजी मुर्दाघरमा थियो तब कसैलाई कुनै फरक पर्दैनथ्यो र न त कोही उसको बारेमा थाहा पाउन इच्छुक थियो ।
अब अचानक नगरपालिका, मीडिया सबै दौडधूप गरेर थाहा पाउन चाहिरहेका थिए कि उ आखिरमा को थियो ? के चाहन्थ्यो ? जुन कुरोलाई उ जिउदो हुँदा कसैले महत्त्व दिएको थिएन उही अब यती खास बनिसकेको थियो ।
पहीलो पटक उसको इच्छालाई सम्मान दिन थालिसकेको थियो । उ जिउदो कसरी रहन चाहन्थ्यो— यस इच्छालाई होइन बरू मरेपछि उसको शरीरलाई के गर्ने— यस इच्छालाई । बाँच्ने इच्छा उसले कहि पनि लेखेको थिएन तर मर्ने इच्छा उसले वसीयतमा लेखेको थियो । उसको अंतिम संस्कार विद्युत शवदाह–गृहमा होस् ।
पाँललाई लाग्यो उसको टाउकोबाट एउटा ठुलो भारी हट्यो । समरलाई सूचना दियो ।
“शिनाख्त भयो, हैरीको सिटी अस्पतालमा जुन दस वर्ष पहिलेको छातीको एक्सरे पाइएको थियो त्यसबाट पुष्टि भयो । यो शव वास्तवमा हैरी ग्रोअरको नै हो ।”
“अब?”
“अर्को, उसको श्रीसम्पत्तीको वारीस पाइए पनि उसको मृत शरीरको कुनै वारिस अगाडी आएन । अब हामि कानून अनुसार कारवाही अगाडी बढाउन सक्छौं । नाउ हैरी’स सोल कैन रेस्ट इन पीस ।”

कुहिरो कायमै थियो । घाम बीच–बीचमा झल्याक झुलुक देखापरेर संसार राम्ररी नै चलेको छ नी भन्दै हेर्दै थियो । हावा चिसो र एकदम रिसाएको थियो । बौलाहा तालले आउथ्यो र बाटो हिड्दैगरेका मानिसको गालामा ठ्याम्म ठ्याम्म चडकन लगाउने गथ्र्यो । समर जोगिनको लागि यता उता मुख घुमाउथ्यो । माटो जैकेट लगाउँदा पनि भीत्रैदेखि लुगलुग काम्दै गरेको थाहा पाएथ्यो । बगलीमा रित्तो हात राखेर उ कुईन्सको मुर्दाघरमा चुपचाप उभिएको थियो । आज उसँग लैपटप या नोट्स गर्नको लागि कुनै बस्तु थिएन । लाग्दथ्यो उ कुनै झोकमा नै हिड्दै त्यहाँ आइपुगेको हो । उसलाई लाग्यो यस समयमा हो उ यही हुनुपर्छ । हो यही ।
अहिलेसम्म जसलाई ‘अनुमानत:’ भनेर कुरा गर्ने गरिन्थ्यो आज त्यस हैरी ग्रोअरको शवले मान्यता पाएको थियो । अब उसको पहिचान थियो— “स्वर्गीय हैरी ग्रोअर, कुईन्स, जैक्सन हाइट्स निवासी ।”
त्यस कोठामा एउटा आर्को अधवैशे मानीस उभीएको थियो । उसको नाम जाँन थियो र उ यस किसिमका गुमनाम मृतकलाई सम्मान पूर्वक अंतिम श्रद्धांजलि दिने गर्छ । समरलाई उसले आफ्नो यही परिचय दियो । समर उसको साथमा चुपचाप उभिएको थियो ।
जाँन मुर्दाघरतर्फ गयो । त्यहाँको प्रबंधकले जाँचपडताल गरेर, काठको कौपीनमा हैरी ग्रोअरको शव सुताइदियो । जाँनले त्यसलाई शव वाहनमा राख्न लगायो । समर अगाडीको सीटमा जाँनको साथमा सँगै बस्यो । जाँनले उसलाई हेर्‍यो तर केही पनि भनेन । गाडीविद्युत–शवदाह–गृहतर्फ गयो ।
समर कुहिरोमा हेर्दै थियो । धुआँ, दुर्गन्ध, आगो र खरानी । लतपतिदै थियो धुआँको कालोमा ।
फोनमा फोन गर्दै जादै थियो उसले । आवाज जस्तो कुनै गहिरो, अंध्यारो खाल्डोले निल्ने गथ्र्यो । प्रत्येक पटकको प्रयत्नमा पराजित भएपछि छातीमा दविएर रहेको शंकाको जंगली पक्षीको नङ्ग्रा ठुलो र तीखो हुदै गएको थियो । अनी त्यस दिन पछि आमाले फोन उठाउनु भएन । छिमेकी काकीको फोन बिग्रेको होला । अनि उ काममा लाग्दैथ्यो । ‘मिस कल’ हेर्दै । केही मिस थिएन उसको चैन बाहेक ।
उसको रिपोर्ट आज पूरा हुनेछ, यस कुराको शन्तोष थियो उसलाई । लाग्यो केही रित्तिएको छ । आज केही सकिनेछ । उसको मन मस्तिष्कमा हैरीले कब्जा जमाई सकेको थियो । समरलाई लाग्थ्यो, यस तहको तल केही अरू पनि छ जसले उसलाई घोच्दथ्योर उ अनजान बन्ने नाटक गर्दै रह्यो ।
“राम्रो भयो तिमी साथमा आयौं । एउटा मानिस यस संसारमा मेरो परवाह कसैले गर्दैन भन्ने भावनाको साथमा जानु हुँदैन ।”
समर सुन्दैथ्यो थाहा छैन कसरी आँखा छचल्कियो । छातिको गुफाबाट केही बाहिर निस्कनको लागि छट्पटाउन थाल्यो ।
“म गर्दछु यसको परवाह । मानवीय धर्मको नाताले इज्जतको साथमा म अन्तिम संस्कार गर्छु ।” जाँनको आवाजमा एउटा अर्कै किसीमको दृढता थियो ।
समरको सिर निहुरियो ।
शवदाह गृहको ढोकामा पुग्नासाथ दुईजना कर्मचारी आइपुगे । शव वाहनबाट कौपिन निकाल्यो र अर्को स्ट्रचरमा राखेर खुला ठाउँबाट भित्र धकेली दियो ।
समर त्यहाँ थिएन ।
राती कोल्टे फेर्दै गर्दा बल्ल तल्ल उसको आँखा निद्राले गह्रौं हुनमात्र के लागेको थियो चिच्याउँदै गरेको फोनको घण्टीले उसलाई उठाइदियो ।
नम्बर हेर्‍यो । छिमेकी काकीको थियो । हडबडाउँदै बस्यो ।
“कहाँ हुनुहुन्छ तपाईं ? मैले कतिदिनदेखि लगातार तपाईंलाई फोन गर्दै थिए ।”
“छोरी बीमारी थिई । केहि दिनको लागि उसकहाँ गएकी थिए । फर्केर आए त तेरी आमा …….”
उ सन्न भयो ।
“थाहा भएन म नहुँदा कहिले गइन । आज उनको अंतिम संस्कार गरि दिए । नत्र भने त ……. ”
यसपछि समरले केहि सुन्न सकेन शब्दको गोलीले यसलाई हान्न थाल्यो । रगतै रगत भएको थियो, आवाज विहीन ।
त्यस अवस्थामा उ आएको थियो हैरीको नजिक । लाग्यो जानै पर्छ । अर्धचेत अवस्थामा नै भइसकेको थियो सबै कुरो । विदा गर्नु थियो उसले कसैलाई ।
हैरीलाई विदा गर्ने अंतिम क्षण ।
जाँनले वालमा लागेको स्वीच थिच्नको लागि हात बढायो । समरले उसको हात समात्यो ।
“प्लीज, के म ?” समरको आवाजमा याचना थियो ।
जाँनले हेर्दै रह्यो । समरको आँखामा आंसु बाहेक पनि अरू केही थियो । एउटा मानिसको आँखामा पीडाको पोखरी थियो । एउटा याचना थियो, कुनै आफ्नोलाई अंतिम पटक विदा गर्ने तीव्रतम इच्छा थियो । एउटा पीडा जसबाट आत्मा पनि काप्न थाल्दथ्यो ।
जाँन पछाडि हट्यो । दाया हातले उसले समरलाई अगाडि बढ्ने इशारा गर्‍यो । जाँनले दुबै हात बाँधेर टाउको निहुरायो । उसको मनमा कुरा खेल्यो । हैरी लावारिस छैन ।
समरले स्वीच थिचिदियो । उसको हात काप्दै थियो । त्यसै पर्खालमा टाउको अडाएर ढल्न खोजेको शरीर अड्यायो ।
हैरीको शरीर बल्यो । समरको मन दस हजार मील पर गयो जहाँ उसले कसैलाई मुखाग्नी दिनु थियो । बिर्सियो उ कहाँ उभिएको छ । यतीमात्रै थाहा छ किन उभिएको छ ।
जाँनले त्यस निस्तब्धतामा केही आवाज सुन्यो, झस्कियो । टाउको उठाएर हेर्‍यो । रुदैगरेको समरको थरथराउँदै गरेको पीठ्यू देखियो ।
उसले आँखा घुमायो । चुपचाप शीशाको ठुलो पर्खालको बाहिर हेर्न थाल्यो । आफ्नो अंगालोमा आएको जमीनमा भएको सुखेको खैरो पात पतिङ्गरको थुप्रोलाई उडाएर हावाले धेरै टाढा र टाढा सम्म लग्यो । पात केही समयसम्म हावाको भूमरीमा घुम्दै रहे र अनि पछारिएर पुन: जमीनमा नै खसे ।

अनिल प्रभा कुमार
जन्म: दिल्ली, भारत
शिक्षा: एम.ए.पी.एच.डी.
प्रकाशीत: ‘बहता पानी’, ‘कतार से कटा घर’ (कथा संग्रह) ‘उजाले की कसम’ (कविता संग्रह)
अनुदित कथा: ‘हंस’ मई, २०१८
अनुवादक: शीतल गिरी