मातामय जगत्
तर, म सपनामा असाध्यै विश्वास गर्छु । चाहे त्यो निद्रामा देखिएको सपना होस्; वा, विपनामा देखिएको सपना होस् । दुवैमा मेरो आस्था छ । दुवैमा मेरो विश्वास छ । सपना, सपना नै हो भन्ने जान्दाजान्दै पनि यसप्रति मेरो मोह र विश्वास अविचलित छ । सपनामा विश्वास गरेर त्यसप्रति निरन्तर रूपमा लगनशील लगाव लगाउन सक्यो भने त्यसले साकार रूप पाउँछ भन्ने कुरामा म विश्वस्त छु ।