Skip to main content

अक्षरमार्ग

घरसम्म पुर्याई दिनु!

रविन्द्र आशिष शैली
बनेपा, हाल कोटेश्वर

धेरै दिन देखि हराएको मान्छे म, आफुलाई खोज्न निधारको पसिना पुच्दै कहिले उकालो हिडे, कहिले ओरालो हिडे, घुमे, कति घुम्तीहरुमा खै कतै देखिएन् | घर जान हिडेको मान्छे कतै अलमलियोकि भनेर आँखाले भ्याउन्जेलसम्म नजर नदौडाएको होईन् तर अहं कतै भेटाउन सकिएन्, कृपया कसैले कहि कतै भेटियो भने मलाई झर्को नमानिकन घरसम्म पुर्याई दिनु |