तीन दशकपछि जीवन्त भयो खगां भैलः प्याखँ : मौलिक संस्कृति पुस्तान्तरणको नयाँ सुरुवात
ताथलीको सौडोलस्थित खगां टोलमा करिब तीन दशकदेखि निष्क्रिय रहेको ऐतिहासिक तथा मौलिक खगां भैलः प्याखँ पुनः जीवन्त भएको छ। परम्परागत प्याखँको पुनर्जागरणसँगै नयाँ पुस्तालाई मौलिक संस्कृति हस्तान्तरण गर्ने अभियानले समेत गति लिएको छ।