शब्द
प्रयोगको बन्धनमा फसेपछि,
शब्दले कहिलेकाहीं
आफ्नो बाटो गुमाउँछ,
अन्तर्निहित भावनालाई अपमान गर्छ,
र आत्म-निन्दाको प्रहार सहन्छ।
प्रयोगको बन्धनमा फसेपछि,
शब्दले कहिलेकाहीं
आफ्नो बाटो गुमाउँछ,
अन्तर्निहित भावनालाई अपमान गर्छ,
र आत्म-निन्दाको प्रहार सहन्छ।
ताराहरूको मौन केरकारले
जसरी रातको क्यानभास सुन्दर देखिन्छ
अनि जूनले मेटिदिन्छ
औँसीको आदिम संशय
अचेल गाडि थोक्नु
थोकाउनु सामान्य भै सकेेको छ
किनकि
ट्राफिक नियमको पालना छैन
भित्र शहरमापनि आँखा चिम्लेर हुईकिन्छ
गाडि र मोटर साईकलहरु
रातो बत्तीमापनि
कुदाउन्छन ट्राफिकको आँखा छलेर
म जन्मिँदा
मेरा हरेक मुहानहरू स्वच्छ र पवित्र थिए
गाउँ, छिमेक
हनुमन्ते, मनाेहरा, बागमती, विष्णुमती
जसलाई म आफ्नो ठान्थेँ,
तिनीहरू आज मसँग रिसाएका छन्।
रात बितिसकेको छ
बिहान हुने बाटोमा,
मेरो तिर्खा मेट्न सकिएन
स्वातीको चाहनामा।
हारेर पनि जित्नुछ मलाई,
ढलेर पनि फेरि उठ्नुछ मलाई,
आँधीले उडाए पनि
पानीले बगाए पनि
साहसको जरा समाएर उभिनुछ मलाई।
तिम्रो कोलाहलबाट टाढा छु म
आफ्नै मौन साँधेर
गहराईमा, मुस्कुराउन खोजिरहेछु।
जति तिमी ढुङ्गा फ्याँकुन
तिम्रो चोट सहेर
मनको तिक्तता मेट्न खोजिरहेछु
शिक्षा शिक्षा शिक्षा आहा शिक्षा !!
सबैको प्रिय सबैका लागि प्रिय
हिजो प्रिय आज प्रिय
भाेलिकाे उज्यालो प्रिय प्रतीक्षा
प्रिय मान्छेहरूकाे प्रिय
समताकाे साइनो व्यवहारकाे चिनाे
जब आगो नै जलेपछी धुँवासंग किन गुनासो पोख्छौ?
कुवामा पानी नै सुकेपछी किन प्यास मेट्न खोज्छौ?
सायद खाल्डो भएर होला भरिनु नै तिम्रो नियति रै छ।
जब हिउँ पग्लन्छ बश,तिमी आफ्नै नाङो पहाड रोज्छौ।