“दाइ, मेरो अस्मिता बचाइदिनुस्, पछ्याउँदै एकहूल नरपशुहरू आइरहेछन् । रोएँ, कराएँ, दयाको भीख मागें सुनेनन् । उहाँलाई भेट्न हिजो गाउँबाट आएकी । कोठा छाडी सक्नुभएछ । भोलि घर फर्कन्छु । केवल आजको चार प्रहर रात यसरी अभिव्यक्ति भएकी थिई ऊ र आँखाबाट मोतीका दाना झरिरहेका थिए । कपाल अस्तव्यस्त देखिन्थ्यो । अनुहार, भयभीत र शरीर लगलग काम्दै थियो ।
केही पसलहरू खुल्लै भएपनि अधिकांश बन्द भैसकेका थिए । हामीहरू सुरापानमा मस्त थियौँ । सबैका जिब्रा लरखरिए पनि पिउने क्रम यथावत् थियो । पसलेले सहानुभूति दर्साउँदै भित्र बोलायो । उसलाई भित्र बोलायो । उसलाई पहिले त नपस्न भन्यौं, तथापि हामी रक्स्याहा थियौं । “आउ छोरी म दिन्छु बास र सुरक्षा ।” पसलेका शब्दहरूले ऊ विश्वस्त भई । आश्वस्त देखिई । पछ्याउँदै आउनेहरू अगाडि बढे ।
आफन्त घर जाने दिन थियो । भोलिदेखि अस्पताल धाउन नपर्ने भएकाले खुशी थिएँ तर त्यो बिरामीलाई कहाँँ देखेँ भन्ने जिज्ञासाले सताइरह्यो । दुई साताभरिमा त्यो बिरामीको कुनै आफन्तलाई नदेख्दा मनमा आशङ्का उब्जिएका थिए नै ।
नानी, तिमीलाई कतै देखेजस्तो लाग्यो ठम्याउन सकिन, आपत्ति छैन भने परिचयपाऊँ न ‘.। उसका आँखा भरिए । शिर निहु¥याएर भनी “म श्रीमान्‘. गाउँबाट आएकी तर सम्पर्क विगत तीन हप्तादेखि बेवारिस रुपमा यही ओछ्यानमा सुतिरहेकी छु । मेरो अवस्थाबाट उहाँ र घर अनभिज्ञ छन् ।
एक हूल दुष्टहरूबाट जोगिए पनि अर्का हुलबाट उसले यो भन्दाबढी भन्न सकिन । मेरो आँखा भरि त्यो रात, पसल, म र उसले मागेको अस्मिता रक्षाका शब्दहरू नाचिरहे ।