Skip to main content

अक्षरमार्ग

मुक्तक

Jebi Khatri
जेबी खत्री

सम्झि ल्याउँदा वालापन नै राम्रो लाग्छ अहिले
कहाँ खोज्नु त्यो स्वर्णिम युग विताइएछ पहिले
साथीसङ्गी त्यही गाउँ त्यही ठाउँ त्यही घरआँगन
अझै सम्झनामा आइरहन्छ विगत् त्यो अहिले ।।

काँडा माथि पनि फुल्न सक्नु पर्छ साथी
सारा पिडासँग पनि घुल्न सक्नु पर्छ साथी
कालोलाई सेतो देख्ने जमाना यो खराब छ
हावासँगसँगै पनि डुल्न सक्नु पर्छ साथी ।।

जिन्दगीका पाटा पनि धेरै छन् मित्र
हिँड्ने बाटाहरू पनि धेरै छन् मित्र
यात्रामा जानअन्जान लागेका ठेसले
मन भित्र घाउका खाटा पनि धेरै छन् मित्र ।।