अक्षरमार्ग

अन्तर्वार्ता – गायत्री श्रेष्ठ, साहित्यकार

म त फ्रि माइन्डेड खालको मान्छे । मलाई त्यस्तो फरक केही छ जस्तो लाग्दैन । मलाई क्यान्सर लाग्दाचाहिँ त्यस्तो केही लागेन, तर क्यान्सरको उपचारपछि भने मैले अरुहरुबाट जे सुनेँ, अरु बिरामीको अवस्था जो देखेँ, त्यसले भने म अचम्मित भएको छु । मलाई भेट्न आउनेहरुले मृत्युको मुखबाट फर्केर आउनुभएको भनेर भन्ने गरेको सुन्दा भने साँच्चै हो कि क्या हो जस्तो लागेको हो ।
क्यान्सर ठिक भएपछि त्यसका बारेमा केही लेख्नुपर्छ भनेर जगदीश घिमिरेका ‘अन्तर्मनको यात्रा’ पनि दोहो¥याएर पढेँ । त्यसपछि मैले एउटा लेख लेखेको थिएँ । त्यो लेख गोविन्दराज विनोदी गुरुलाई सुनाएकी थिएँ । उहाँले ‘यस्तो लेख केवल लेख्नका लागि लेख्नुभएको हो कि हामीलाई रुवाउन लेख्नुभएको हो ?’ भनेर सोध्नु भयो । उहाँको कुरा सुनेपछि मलाई भित्रै चसक्क भयो । यस्ता दुःख र पीडाका कुरा लेख्न नहुने रहेछ भन्ने ठानेँ । अनि मैले क्यान्सरसँग सम्बन्धित त्यो लेखनलाई चटक्कै रोकिदिएँ । तर जीवनलाई गतिलोसँग बुझ्न एकपल्ट मृत्युलाई नजिकबाट अनुभव गर्नुपर्ने रहेछ, त्यस्तो खालको घटनालाई भोग्नुपर्ने रहेछ ।
थप पढ्नुहोस