अक्षरमार्ग

कलहकाे साइनो

जीवन हाे, सम्बन्ध चाहिन्छ । सम्बन्धमै हाे सृष्टि फक्रेर सौर्न्दर्य बटुलिने र सम्बन्धलाई सहृदयी र सुमधुर बनाउने चेतनाले हाे तर यहाँ चेतनाले काम नगरी मै-मत्त भई आफै जान्ने सुन्ने हुँ भनेर स्थापित सम्बन्ध निभाउन गाह्रो मान्नेहरूकाे भिड बढाउने आजकाे वस्तुस्थितिले के सामाजिक बेथितिमा मलजल गरी मानवअस्तित्व सङ्कटमा पारिरहेको छैन ?

थप पढ्नुहोस

नेपाल सम्वत्

नेपाल सम्वत् नेपालको मौलिक सम्वत् हो । संसारमा आफ्नै देशको नामबाट चलेका, प्रचलनमा आएका सम्वत्हरु प्रायः देखिँदैनन् । तर नेपाल राष्ट्रकै नामबाट चलेको सम्वत् नेपाल सम्वत् नेपालमा चलेको छ । जसरी राष्ट्रको गान हुन्छ, राष्ट्रिय चरा हुन्छ, राष्ट्रिय जनावर हुन्छ, फूल हुन्छ, राष्ट्रिय झण्डा हुन्छ त्यसैगरी राष्ट्रको सम्वत् पनि हुन्छ । नेपाल सम्वत् पनि नेपालको मौलिक राष्ट्रिय सम्वत् हो । यो नेपालको राष्ट्रिय सम्वत् भएतापनि सरकारी कामकाजी भाषाको रुपमा प्रयोग भने अहिले पनि नभएको अवस्था छ ।

नेपाल सम्वत्का प्रवर्तक शंखधर साख्वा हुन् । उनले ऋणमा रहेका गरिब जनताको ऋण तिरेर उनीहरूलाई ऋणबाट मुक्त गरेर रैतिबाट नागरिक बनाएको खुशीयालीमा यो सम्वत् चलाएका   थिए ।

थप पढ्नुहोस

मातामय जगत्

तर, म सपनामा असाध्यै विश्वास गर्छु । चाहे त्यो निद्रामा देखिएको सपना होस्; वा, विपनामा देखिएको सपना होस् । दुवैमा मेरो आस्था छ । दुवैमा मेरो विश्वास छ । सपना, सपना नै हो भन्ने जान्दाजान्दै पनि यसप्रति मेरो मोह र विश्वास अविचलित  छ । सपनामा विश्वास गरेर त्यसप्रति निरन्तर रूपमा लगनशील लगाव लगाउन सक्यो भने त्यसले साकार रूप पाउँछ भन्ने कुरामा म विश्वस्त छु ।

थप पढ्नुहोस

पुच्छरवाद, जिन्दावाद !

विश्वइतिहासलाई पल्टाइहेर्दा जति पनि ठूला मान्छे भए ती कुनै न कुनै रूपमा कसै न कसैको पुच्छर लागेकै थिए । चाहे नेता हुन्, चाहे प्रणेता, चाहे अभिनेता हुन् चाहे दर्शनज्ञाता, चाहे राजनीतिज्ञ हुन् चाहे नीतिज्ञ, चाहे विश्वविजेता हुन् वा अभियन्ता सबै पहिलेका अगुवाहरूको पुच्छर लागेरै त्यहाँसम्म पुगेका हुन् ।

थप पढ्नुहोस

कहाँ देख्नु आफैलाई ?

यही भएर त हो नि पहिलेको जस्तो हार्दिकता कहाँ पाइन्छ र अचेल ! अरु त अरु । एउटै घरछानामा बसेका एकै परिवारकोमा समेत हार्दिकता महङ्गो बन्दै गएको छ । भेट हुने तर मनले नहुने । कुराकानी पनि मुखैले मात्र । जोखेर बोलेजस्तो थोरै थोरै मात्र । घरभरिका परिवार कोही टुइटरमा, कोही मेसेन्जरमा, कोही इमेलमा, कोही सिरियलमा, कोही पत्रिकामा, कोही फोनमा, कोही एफएममा । फुर्सदमा कोही कसैलाई हुँदैन् । जेमा टाँसे पनि टाँसेको टाँस्यै । अनि कसरी बढ्छ प्रेम आफूआफूमा ? कसरी बढ्छ सद्भाव एकआपसमा ? मानिसको गणना बढ्दै गएर के गर्नु, प्रेमको आयु घट्दै गएपछि ।

थप पढ्नुहोस