अक्षरमार्ग

छोरीहरु

राजेश कुमार सिन्हा
मूललेखक

छाेरीहरु सक्षम हुन्छन्
सक्छन् घर देखि अन्तरिक्ष सम्मको
यात्रा गर्न
एउटा अवसर त दिनुहोस्
छाेरीहरु घरमा सफलताको
आशिर्वाद बनेर आउँछन्

जबसम्म रहन्छन्
हजुरलाई ममताले भरपुर राख्नेछन्
आफुलाई सजाउने एउटा
माैका त दिनुहोस्
छाेरीहरु सहारा बन्नसक्छन्
हजुरलाई पनि बाटो देखाउन सक्छन्
जिन्दगीको यात्रामा
निकाल्न सक्छन्
कुनै पनि संकटको अवस्था बाट

एउटा अवसर त दिनुहोस्
छाेरीहरु कुनै कुशल याेद्धा भन्दा कम छैनन्
समयको मसि संगै रंगिएर
लड्न सक्छन् परिस्थिति संग र
बदल्ने क्षमता राख्छन् भाग्य
काेर्न सक्छन् जिन्दगीको नयाँ गाेरेटाे
झुठाे सावित गरिदिन सक्छन्
बिधाताकाे लेखनि
हस्तरेखाहरु लाई पनि

देवकी निराैला
अनुवादक 

एउटा माैका त दिनुहोस्

यी जाे विरुद्धमा
समाचार लेख्छन् नि आजकाल
यी जाे साजिश बुन्छन् नि आजकाल
उनिहरुकाे हिम्मत लाई कुल्चिने
उनिहरुकाे कदमलाई राेक्ने
विश्वास राख्नुस्
केही बिगार्न सक्तैनन्
बस् समयको पर्खाइमा बस्नुहाेस्
छाेरीहरु
अझै निखारिएर आउनेछन्
अझै शक्तिशाली बनेर
उदाउने छन् |