अक्षरमार्ग

नयाँ भुटानको छायाँ चित्र लोकार्पित

समालोचक तथा प्रसिध्द आख्यानकार डा.गोविन्दराज भट्टराईको नविनतम कृति “नयाँ भुटानको छायाँ चित्र” को एक समारोहका वीच बिमर्स कार्यक्रम सम्पन्न भयो । प्रा.ज्ञानु पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न भयो कृतिमाथि हेमचन्द्र नेपालबाट विशेष समीक्षा, प्रा.डा.कुमारप्रसाद कोइराला, अनुवादक टेकनारायण ढकाल, लेखिकाद्वय अनिता कोइराला र अनिता पन्थी, पत्रकार लक्ष्मण वियोगी तथा साहित्यकार शान्ति रिसालले समीक्षात्मक टिप्पणी गरेका थिए । लेखक डा.गोविन्दराज भट्टराईले आफ्नो कृति लेखनको पृष्ठभूमि तथा अमेरिका भ्रमणको सन्दर्भ प्रस्तुत गरेका थिए ।

कार्यक्रममा साहित्यकार दिव्य गिरी, निबन्धकार श्रीओम श्रेष्ठ र साहित्यपोष्टका अश्विनी कोइरालाले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।
साहित्यकार शरद प्रधानले स्वागत गर्नुभएको सो कार्यक्रममा नारायण प्रसाद शर्माले कार्यक्रममा उपस्थिति सबैलाई धन्यवादज्ञापन गरेका थिए ।


कार्यक्रमको अध्यक्षता डा. तुलसी प्रसाद भट्टराईले गरेका थिए ।