Skip to main content

अक्षरमार्ग

‘हाम्रो पुरुषार्थ’ (१०५ अङ्क) लोकार्पण

काठमाडौँ/ हालै एक कार्यक्रमका बीच ‘हाम्रो पुरुषार्थ’ (१०५ अङ्क) लोकार्पण भएको छ । सो अंकको लोकार्पण कार्यक्रमका प्रमुख अतिथि असम, भारतका साहित्यकार ज्ञानबहादुर छेत्री, सम्पादक पन्थी, साहित्यकारहरू डा. तुलसीप्रसाद भट्टराई, प्रा.डा. गोविन्दप्रसाद भट्टराई, डा. ज्ञानु पाण्डेलगायतले गरेका थिए । किरण पुस्तकालय तम्घास, गुल्मीले वि.सं. २०३० सालदेखि प्रकाशन गरेको ‘हाम्रो पुरुषार्थ’ को सम्पादक शशि पन्थी हुनुहुन्छ ।

साहित्यकार शशी पन्थीको अध्यक्षतामा आयोजित सो कार्यक्रमका साहित्यकार ज्ञानबहादुर छेत्री , सम्पादक पन्थी, प्साहित्यकारहरू डा. तुलसीप्रसाद भट्टराई, प्रा.डा. गोविन्दप्रसाद भट्टराई, डा. ज्ञानु पाण्डे, शरद प्रधान, राधेश्याम लेकाली, ‘शारदाका’ सम्पादक विमल भौकाजी, साहित्यकारहरू जयदेव भट्टराई, रामप्रसाद पन्त, अनिता कोइराला हरि गौतम लगायतले शुभकामना मन्तव्य राखेका थिए ।