ध्रुबकृष्ण ताम्राकार
सोधाई
एक सुरले हिंडदै थिएँ
आफ्नै धरातलमा
नितान्त जरैदेखि फुलि रहें
मौसमीका हरेक तालमा
आखिर मेरो
जमिन र आकाशमा
म डरो जमाउँदै त थिएँ।
पाँच मुक्तक
खाली कागजमा जे रंग नि कोरे पनि हुन्छ
मन न हो आखिर जता रंग सोरे पनि हुन्छ
किंतु यहाँ अमित भावनाका रंग नबिर्सनु
अरे खुला भन्दैमा नकोर्नु जे भरे पनि हुन्छ।
नियति
“नियतिको अगाडि कसैको केही नलाग्ने रहेछ । केही समय अगाडि मात्र छोरोले संसार छोड्यो । फेरि अहिले भएको एउटा नातिलाई पनि टुहुरो बनाएर मेरी लक्ष्मीलाई पनि लगेछ । दुःखमाथि दुःख हामीलाई नै किन भगवान्? यो दैवको कस्तो लीला हो !” काखमा नाती शैलेस राखेर रोइरहेकी नारायणदेवी मनको पीडा पोख्दै थिइन् ।