अक्षरमार्ग

हिउँको गीतलाई पुरस्कार, अर्को वर्षदेखि प्रतिभालाई पनि

उपन्यासकार तीर्थ गुरुङको उपन्यास ‘हिउँको गीत’लाई शनिबार एक कार्यक्रम बीच कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार समर्पण गरिएको छ । रू एक लाख ५० हजार ६० रुपैयाँ रहेको सो पुरस्कार कविडाँडा साहित्य समाजले वर्षभरिका आख्यान (कथा र उपन्यास) मा उत्कृष्ट छनोट गरी पुरस्कृत गरिएको हो । हरेक वर्ष प्रदान गरिने सो पुरस्कार को राशी यसै वर्षबाट एक लाख ५० हजार रूपैयाँ पुर्‍याइएको हो । २०७५ सालदेखि दिन थालिएको उक्त पुरस्कारको राशी सुरुमा ३० हजार थियो । साथै आउँदो वर्षदेखि एक लाख ५० हजार रुपैयाँकै कविडाँडा प्रतिभा पुरस्कार पनि दिन सुरु गर्ने कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्रीले घोषणा गरेका छन् । कार्यक्रममा पुरस्कृत उपन्यासका बारेमा समीक्षक केशव चालिसेले बोलेका थिए । त्यस्तै कि-नोट स्पिकर को रूपमा महेश पौड्याल ले बोलेका भने भूपिन खड्काले पुरस्कृत उपन्यासकारका बारेमा बोलेका थिए । साथै लेखक तथा गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष जीवा लामिछानेले पनि आफ्ना भनाइ राखेका थिए ।

कार्यक्रममा वरिष्ठ साहित्यकार सरुभक्त, एल बी क्षेत्री कार्यक्रमलाई सम्बोधन गरेका थिए ।