कविता
अर्थहीन
मैले वैचारिकीमा पाएँ
यस क्रन्दन–वन्दनमा
न दुःखले जित्यो,
न सुखले हार मान्यो,
न त कहिल्यै जीवन
अर्थहीन लाग्यो।
शब्द
प्रयोगको बन्धनमा फसेपछि,
शब्दले कहिलेकाहीं
आफ्नो बाटो गुमाउँछ,
अन्तर्निहित भावनालाई अपमान गर्छ,
र आत्म-निन्दाको प्रहार सहन्छ।
सम्बन्धको आयाम
ताराहरूको मौन केरकारले
जसरी रातको क्यानभास सुन्दर देखिन्छ
अनि जूनले मेटिदिन्छ
औँसीको आदिम संशय
कान्तिपुर र बाटो!
अचेल गाडि थोक्नु
थोकाउनु सामान्य भै सकेेको छ
किनकि
ट्राफिक नियमको पालना छैन
भित्र शहरमापनि आँखा चिम्लेर हुईकिन्छ
गाडि र मोटर साईकलहरु
रातो बत्तीमापनि
कुदाउन्छन ट्राफिकको आँखा छलेर
म जन्मिँदा
म जन्मिँदा
मेरा हरेक मुहानहरू स्वच्छ र पवित्र थिए
गाउँ, छिमेक
हनुमन्ते, मनाेहरा, बागमती, विष्णुमती
आज मेरा ओठ सुख्खा छन्।
जसलाई म आफ्नो ठान्थेँ,
तिनीहरू आज मसँग रिसाएका छन्।
रात बितिसकेको छ
बिहान हुने बाटोमा,
मेरो तिर्खा मेट्न सकिएन
स्वातीको चाहनामा।
हारेर पनि जित्नुछ
हारेर पनि जित्नुछ मलाई,
ढलेर पनि फेरि उठ्नुछ मलाई,
आँधीले उडाए पनि
पानीले बगाए पनि
साहसको जरा समाएर उभिनुछ मलाई।