मानवता
“दाइ, मेरो अस्मिता बचाइदिनुस्, पछ्याउँदै एकहूल नरपशुहरू आइरहेछन् । रोएँ, कराएँ, दयाको भीख मागें सुनेनन् । उहाँलाई भेट्न हिजो गाउँबाट आएकी । कोठा छाडी सक्नुभएछ । भोलि घर फर्कन्छु । केवल आजको चार प्रहर रात यसरी अभिव्यक्ति भएकी थिई ऊ र आँखाबाट मोतीका दाना झरिरहेका थिए । कपाल अस्तव्यस्त देखिन्थ्यो । अनुहार, भयभीत र शरीर लगलग काम्दै थियो ।