
“गयो भाइ,गयो भुस,सबै साँढे बाइस ! बकम्फुस!भुस!” लीलानगरबाट बस चढे, कुमार, गणेश, योगी, वियोगी, पन्थी, कोइराला, गोपीनाथ र पूर्वेली कोहेनूर” प्रा. डा. पर्याराज आशुतोष दमकोपाध्याय डेरिडाश्री!”गन्तव्य उत्तरआधुनिक शहर, गजलनगर, खीबरा टोल । साहिला पण्डितको महावाणी,अघिको, अनुज कमेडियन” गोपीनाथ लीलाध्वज बज्रनारायण विजयश्रीको नाममा !
“दाजु, कवितामा छन्द मिलेर मात्र नहुने, यता उता दगुरेर पनि नहुने, कागजको मान्छे बनिने, हे भद्रनारायण, हे एक जिब्रे शेषनाथ अधिकारीले मेसो नपाएको फित्कौली सम्राट, हे अभियन्ता, हे सन्त, महन्त, अनन्त अनिता, सोफिया, कोपिला, चोपिला आदिका जनक, निर्मल, विमल, कञ्चन, हे दाजु, यो जीवन, एक पर्या, कतै माफिया, कतै काफिया, कतै मध्यरात, कतै महाघात, हे देवेन्द्रका पनि गुरु, यो अराजक ट्यागे, हवाइनेस भाइ, मरणान्त होइन, आज वेदान्त सुनाउने छ, मेदान्त पुग्नु अघि, नरनाथदेखि, बानरनाथ, अनाथसम्म, दाजु, मलाई प्रा. डा. हरिबिजोगकान्त दुर्दान्त खोस्टेभन्दा मेरो बैकुण्ठनगरको प्रा. वि. मास्टर झलक शर्मा ढकाल, सरस्वतीकान्त, मेरो बालसखा, बढी सुखी र खुशी लाग्यो । मलाई सेलिब्रेटीहरूको जिन्दगी खोक्रो लाग्यो । चेक लाइफ होइन, फेक लाइफ लाग्यो, सबै भित्र भित्र तन्नाम, टाट, हेर्दा महलवासी, तर ट्याब्लेट जिन्दगी ! दाजु, तन, मन, धन र स्वजनले साथ नदिए गयो जिन्दगी, के हुन्छ कविता लेखी मेरो गरीब देशमा ? मनोपर्यावरण, तनोपर्यावरण सही, घरमा भक्तपुरे दही, आनन्द केमा ? मुक्तक सिर्जनामा ! महाकाव्य जिन्दगीभन्दा गजल जिन्दगी आनन्दमा, विनोद चौधरी जिन्दगीभन्दा “असीम सागर” जिन्दगी सही, मालामाल, निद्रा त लाग्छ ! भाइको “वेदान्त” कस्तो लाग्यो दाजु ? दाजु, यो अग्निपिता, यो कर्ण, यो धरानाथ, यो मदनपुरे,”अनल” भन्दा मेरो शागिर्द “सुमन कडरिया” आनन्दमा छ । कुदेर कहाँ पुग्ने दाजु, उही गणेश रसिक, उही मेजोरिटी ! कि कसो?”
“भाइ, मेरो भाइ, यो वेदान्त होइन, यो त महावेदान्त आयो, शरीरान्त हुनुअघि, कीर्तिशेष हुनुअघि यो विशेष भएर आउनुपर्यो, मेरो भाइ, प्रोफेसर जगमोहन आजादको हमशक्ल, डुब्लीकेट किशोर, नारायण नेपालसित फेरि पाल्पामा” सङ्गै बसौं यो रात !” भाइ, यो दुःखी दाजु, अब लाग्यो नयाँ मुगलानतिर ! पर्याको हितमा भाइ हितानसित ! भाइ, आशीर्वाद छ ! अब वन जोगियो । वनमाराहरूको “मेटामोरफोसिस” भयो, नेपाल फिरदौस बन्छ, जय हो वेदान्त भाइ, सम्पूर्ण धरावासीको कल्याण गर्नू ! दाइ छ । “गुरु उवाच। बस सरररररर ! गफ हरररर । यात्रीहरू आनन्दमा । सुकर्म यात्रा, अक्षत गजलालोकतिर । “वेदान्त!” जारी छ।