जेनजी युवा साथी हाे
साेच तिम्रो जाती छ
मन तिम्रो आँटी छ
अरुभन्दा माथि छ
सुशासनको मुद्दा याे
जाेस जाँगर उच्च छ
सुझबुझ विवेकी
पाकाे मान्छे खाँचाे छ
बेथिति र भ्रष्टाचार
जरा जरासम्म छ
काला पछि गाेराकाे
रीति थिति उस्तै छ
अनुभवी खाेजेर
इमानदार राेज्ने हाे
उत्पादनकाे साँचोमा
कर्मयाेग जाेड्ने हाे
बेथिति याे चिरेर
स्वच्छ शासन गर्नु छ
फाेहाेर मैला फालेर
सङ्कटमुक्त हुनु छ
नीर धीर क्षीरले
चुनौती याे जित्नु छ
पार्टी पछि नलागी
विधिसम्मत हिँड्नु छ