
लगभग पचास बर्षअघि प्राथमिक विद्यालयको मूली, हेडसरबाट देशसेवामा प्रवेश गरी “प्रोफेसर जगमोहन” आजाद हुन पुगेको पात्र, दश तह माथि चढे छ, कल्पनामा भए पनि,तसव्वुर से आगे का तसव्वुर है जिन्दगी, यस्तो परिभाषा हो जिन्दगी उसको लागि, अर्जुनको दशनाम, उसको त दश स्क्वायर ! अहिले ऊ “प्रोफेसर सन्तुलनेश्वर आशुतोष महादेव शान्तिनारायण झुवानीश्री दयालुआनन्द!” “आनन्द सर” सिर्जनामा रमाउने।” बा, हजुरको चित्त सफा होइन,अति सफा!” एक मानस पुत्री। “छोरी, मेरो जीवनको धर्म, कर्तव्य, छोरीहरूको मनोबल बढाउने र उनीहरूलाई आड दिने, स्वाबलम्बी हुने मन्त्र सिकाउने!यति बुझ्नू, If you are not financially independent then woman welfare will not be possible, जसले रासन भर्छ, उसले शासन गर्छ। अनि उही बच्चा धरतीमा ल्याउने यन्त्र हुने मात्र हो।” प्रोफेसर बा बोल्यो। “हजुर रियल बा हो! यूनिक लाग्यो।” नयाँ छोरी। “मन पवित्र हुनेहरूले मलाई पत्याउने पक्का! तर छोरी, तिमी नारी, युवती, पुरुषको कमजोरी, सबैलाई यही बा जस्तै बा नसम्झिनू,” सुगर ड्याड” कथा पढ्नू! Potential Danger जहाँ पनि हुन्छ। म पनि देवता होइन! “प्रोफेसर ।”
बा, हजुर त देवता हो!” कान्छी छोरी मधुरिमा आरोही गजलश्रीको भरोसा, आफ्नो बाप्रतिको। यतिखेर प्रोफेसर पत्नी जानकी सन्तोषीसहित, विदेश, नयाँ मुलुकमा, कोपिला र गिरिराज डल्लाकोटी मित्रलाई नेपालमा छोडी। उता गजलप्रेमी कार्की बा, इबरा र खीबरा घोकी दार्जिलिङ्गतिर, मनोपर्यावरणमा की नोट स्पीच दिन, कुमारजीको साथमा। सिमोनप्रेमीसहित, आधादर्जन तुलसीहरू, रमाइलो वस्तीमा, प्रधानपञ्च बनी! उसको मगज अचम्मको,बोल्यो,”छोरी, सरी, म देवता होइन, मान्छे बन्न देऊ! कान्छू, खोई त कान छोएकी? जोक सुन्ने?” प्रोफेसर ।
“होइन बा, हजुर त देवता हो, विदेश आउने बाउआमा कोही पनि खुशी नहुने कुरा पक्का, तर हजुरले एक पल पनि गुनासो गर्नुभएन। अनुहार उज्यालो छ, जोक भन्नुहुन्छ । हाम्रो मर्का बुझ्नुहुन्छ। केही कुरामा हस्तक्षेप छैन, अनि? यस्तो बा पाइन्छ? सबै साथीहरू जिल्ल, वाह प्रोफेसर साहेब! लक्की डटर, अरे! “छोरी, कान्छी।
“हा हा हा, मेरो “पदोन्नति” भयो।” प्रोफेसर । “कसरी बा?” छोरी। “म पहिले “Three in one,अब Four in one!” प्रोफेसर । “कसरी?” छोरी। ” म बा, म गुरु, म साथी, सन्तानको, अब म देवता! भाग्यमानी म!आ ई लभ यू कान्छू, एक टिकटक हो जाए, खप्पराँ लेखेको रहेछ!” प्रोफेसर । “बा!! ” हैट, रुन थालिन् कान्छी छोरी। प्रोफेसरले गीत गायो, “नहीँ मैं नहीँ देख सकता तुझे रोते हुए …..” “लीला बा, लीला!” सबै कथा सुनेर जेठी छोरी, जे सी, अजेया अपर्णा। “आहा बा, कति राम्रो कथा!” मानस छोरी, गुल्मेली सायमा दशनामी।” राम्रो पदोन्नति! “सायमा। मुस्कुरायो प्रोफेसर, साझा बा।