अक्षरमार्ग

मूल्यहिन श्रम

प्रजातन्त्रको शीतल छाया
लोकतन्त्रको न्यानो घाम
अथवा
गणतन्त्रको सर्वोच्च शिखरले
अभावको तिखो काँडा
कतै पर हुत्याउन सकेन
ब्यवस्थाले काँचुली फेरि पनि
हाम्रो अवस्था जस्ताको त्यस्तै छ ।

थप पढ्नुहोस

वसन्त काव्य गोष्ठी तथा सम्मान कार्यक्रम

अक्षरमार्गको आयोजनामा पनौतीमा सम्पन्न ‘वसन्त काव्य गोष्ठी तथा सम्मान कार्यक्रम’मा तीन स्रष्टालाई सम्मान गरिनुका साथै तीन दर्जनभन्दा बढी कविहरूले काव्यवाचन गर्दै वसन्तलाई शब्द र भावमार्फत जीवन्त बनाएका छन् ।
यस वर्ष श्रीराम जगतमाया अक्षरमार्ग साधक सम्मान’ पत्रकार सुकृत नेपाललाई , ‘कृष्णसुन अक्षरमार्ग काव्य सम्मान’ साहित्यकार हरिसुन्दर छुकांलाई तथा ‘कमानसिंह तुलसा स्रष्टा सम्मान’ शैली साहित्य समाजकी मञ्जुश्री प्रधानलाई प्रदान गरिएको हो ।

थप पढ्नुहोस

लड्केश्वर मेला

बल्थली प्रकृतिले सजिएको सुन्दर ठाउँ हो ।  तरेली परेका हरिया फाँट, समथर जमिन, ठूला पहाड, कलकल बग्ने लड्कु खोलाले बल्थलीलाई सुन्दर बनाएको छ । यहाँ रहेको खोपासे डाँडाबाट देखिने सूर्योदयको मनमोहक दृश्यले सबैको मनलाई मोहित पार्दछ । बल्थलीबाट देखिने सुन्दर हिमश्रृङ्खलाको दृश्य झन् लोभलाग्दो छ ।

थप पढ्नुहोस

नेपाल सम्वत्

नेपाल सम्वत् नेपालको मौलिक सम्वत् हो । संसारमा आफ्नै देशको नामबाट चलेका, प्रचलनमा आएका सम्वत्हरु प्रायः देखिँदैनन् । तर नेपाल राष्ट्रकै नामबाट चलेको सम्वत् नेपाल सम्वत् नेपालमा चलेको छ । जसरी राष्ट्रको गान हुन्छ, राष्ट्रिय चरा हुन्छ, राष्ट्रिय जनावर हुन्छ, फूल हुन्छ, राष्ट्रिय झण्डा हुन्छ त्यसैगरी राष्ट्रको सम्वत् पनि हुन्छ । नेपाल सम्वत् पनि नेपालको मौलिक राष्ट्रिय सम्वत् हो । यो नेपालको राष्ट्रिय सम्वत् भएतापनि सरकारी कामकाजी भाषाको रुपमा प्रयोग भने अहिले पनि नभएको अवस्था छ ।

नेपाल सम्वत्का प्रवर्तक शंखधर साख्वा हुन् । उनले ऋणमा रहेका गरिब जनताको ऋण तिरेर उनीहरूलाई ऋणबाट मुक्त गरेर रैतिबाट नागरिक बनाएको खुशीयालीमा यो सम्वत् चलाएका   थिए ।

थप पढ्नुहोस

नसना

घरकै परिस्थितिका कारणले पनि  होला म कसैसँग पनि त्यति धेरै बोल्दिन थेँ । हत्तपत्त कसैसँग पनि घुलमिल हुन कठिन हुन्थ्यो मलाई । नसना भने टकएक्टीभ । एकदिन म कोठामा पढ्दै थिएँ । ढोकाबाट आवाज भित्र पस्यो, “सन्चै हुनुहुन्छ?” आवाजतिर मेरा आँखा तुरुन्त कुदिहाले । नसना ढोकाबाट भित्र छिरिन् । मैले जवाफ फर्काउने पारामा टाउको हल्लाउँदै भनें, “अँ………।” मेरो पारा देखेर बोलिन् नसना, “कस्तो रहेछ तपाइँ त ! बोल्न पनि पैसा लाग्ने हो र ?”

“होइन, ठिक छु ।” मलाई बोल्न बाध्य पारिन् उनले ।

 

थप पढ्नुहोस

पनौती जात्रा

पनौती जात्रा ज्येष्ठ पूर्णिमामा मनाइने जात्रा हो । यो जात्रा इन्द्रेश्वर महादेव, उन्मत्त भैरव, भद्रकाली र ब्रह्मायणी देवीसँग सम्बन्धित रहेको छ । ज्येष्ठ पूर्णिमाका दिन इन्द्रेश्वर महादेव, उन्मत्त भैरव र भद्रकालीको रथ एक आपसमा जुधाएर जात्रा गरिन्छ ।  यही रथ जुधाउने जात्रालाई नै पनौतीको जात्रा भन्ने गरिए तापनि पनौती जात्रा भने नौ दिनसम्म चल्दछ ।

थप पढ्नुहोस

कवि सूर्यका कवितामाथि समालोचना कृति

सूर्यका कविताको प्रवृत्तिगत विश्लेषण नामक पुस्तकमा एघार परिच्छद छन् । समालोचक श्रीहरि फुयाँलले कवि लाकोजुका प्रकाशित छओटा कवितासङ्ग्रहहरु स्पर्श, मेरो मन मेरो मीत, घामको चुम्बन, मेरो घाम, घाम फुल्ने याम र घामको पर्खालको आधारमा कवि सूर्य लाकोजूको कविताहरुको विवेचना गरेका छन् । यो कृतिले कवि सूर्य लाकोजूको कवित्वलाई चिनाउने प्रयास गरिएको छ । ट्रान्सवल्ड पब्लिकेशनले प्रकाशन गरेको हो ।

थप पढ्नुहोस