
बनेपा, हाल कोटेश्वर
एकदिन
राकेश अलि ढिलो
पुगेका थिए कक्षामा
गुरु आई सकेको थियो
के म आउन सक्छु सर
राकेशको डरले भरिएको
स्वर थियो
ठुलठुलो आँखा
र अनुहार भरि आँधीबेरी बोकेर
भित्र आउने अनुमती दिन्छन् गुरुले
सधै झै राकेश अन्तिम बेञ्चमा बस्न जान्छ
बसेर झोला खोल्नै पाएको थिएन
राकेशले आफु नजिक
गुरुलाई उभिएको पाउछ
एक्कासि गुरुले भन्यो
हात थाप
डराउदै दायाँ हात थापे राकेशले
अर्कोपनि!
शिक्षकको ठुलो स्वर गुन्जियो
कक्षा कोठामा
राकेशले बिस्तारै अर्को हातपनि थापे
पिठ्युँ पछाडि लुकाएर ल्याएको
लामो मसिनो लठ्ठी
झिकेर गुरुले
धोबीले लुगा चुटे झै चुट्यो
राकेशको दुईटै हातमा
सहन नसकेर
राकेशको
दुई आँखावाट
सेती कर्णाली बग्यो
राकेशको हत्केला रातरातो भएर
रगत मात्र
चुहिन बाकि थियो
कक्षामा सबै बिध्यार्थी
राकेशको चुटाई देखेर
हाँसि रहे
राकेशले सबैको ती राक्षसी हाँसो
एकएक गरि हेरिरहेका थिए
भोली पल्ट
अर्को एउटा विध्यार्थी
ढिलो कक्षा प्रबेश गर्यो
उस्लेपनि राकेशले जस्तै चुटाई खाए
कक्षामा सबै विध्यार्थीहरु त्यसरीनै हाँसे
जसरी राकेशले कुटाई खान्दा हाँसेका थिए
तर राकेश भने स्तव्ध भएर हेरिरहे
र मन मनै भन्दै थिए
सबैको पालो एक न एक दिन आउछ नै
किनकि
गल्तीको कुनै समय हुदैन्
गल्ती हुनु मानबिय स्वभाव हुन
नभन्दै कक्षामा
एकदुई जना विध्यार्थी बाहेक
सबैले राकेशले जस्तै
गुरुबाट पुरस्कार भेट्टाई सकेका थिए
त्यतिवेलासम्मन
विध्यार्थीहरुको हाँसो गायब भएर
कक्षा कोठा भरि
पिटाईको आवाज मात्र गन्जिरहेको थियो
ती दृष्य
सम्झेर अहिलेपनि
जिउ सिरिङ्ग भएर आउछ राकेशको,