भक्तपुर, । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष तथा वरिष्ठ साहित्यकार नारायणमान बिजुक्छेँ (रोहित) ले चिनियाँ भाषामा अनुदित ‘जेलका चिठीहरू’ पुस्तकको शुक्रबार एक समारोहबिच विमोचन गर्नुभयो ।
प्रमुख अतिथि बिजुक्छेँले पुस्तकबारे चर्चा गर्दै यस चिठीको चिनियाँ भाषाको अनुवादले साधारण चिनियाँ जनताले तत्कालीन नेपालका कला–संस्कृति, नेपाली जनताका सुख–दुःख, राजनीति र समाजबारे प्रत्यक्ष देखेको अनुभव गर्नेछन् भन्नुभयो ।
बागमती प्रदेश सभासद सुरेन्द्रराज गोसाईले ‘जेलका चिठीहरू’ सामान्य पाठकदेखि प्रबुद्ध व्यक्तित्वहरूले रूचाएको पुस्तक भएको बताउनुभयो ।
उक्त पुस्तकबाट कला–संस्कृति, सभ्यता, इतिहास, समाज र जीवन दर्शनबारे बुझ्न पाएको बताउनुभयो ।
कार्यक्रममा सर्वोत्तम श्रेष्ठ , चिनियाँ प्राध्यापक गु झिकाओ,
पुस्तकका अनुवादक चाङ, प्रणय चित्रकार लगायतले पुस्तकका बारे बोल्नुभएको थियो ।
पुस्तक बाल विकास स्कुलले प्रकाशित गरेको हो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनप्रसाद प्रजापतिको सभापतित्वमा भ॓एको थियो ।
