चितवन साहित्य परिषद्वारा २१३ औँ भानु जयन्तीको अवसरमा प्रदान गरिने पुरस्कारहरूको घोषणा गरेको छ । जस अनुसार चिसाप प्रतिभा पुरस्कार, २०८३ बाट शान्ति शर्मालाई नगद रू. १५,०४५ सहित पुरस्कृत गरिनेछ । साथै चिसाप खेमलाल हरिकला लामिछाने साहित्य पुरस्कार, २०८२ – काव्य तपसी (महाकाव्य) – माधव वियोगीलाई नगद राशि रू. ५०,०४६ सहित र चिसाप खेमलाल लामिछाने साहित्य पुरस्कार – २०८३ (नारी) बुनु लामिछाने (दाङ) लाई नगद राशि रु. ५०,०४५ सहित तथा चिसाप क्वालिटी साहित्य पुरस्कार, २०८२ – स्मृतिका सोपानका लेखक (निबन्धसङ्ग्रह) गायत्री श्रेष्ठलाई नगद राशि रु. २५,०४५ सहित सम्मान गर्न लागिएको जानकारी चिसापका उपाध्यक्ष गणेश श्रमणले बताएका छन ।
मितिः २०८३ असार २० गते