Skip to main content

अक्षरमार्ग

रामेश सुनिए

काठमाडौं । नेपाल भाषाको संरक्षण तथा संवर्धन गर्ने उद्देश्यले वि.सं. २०८२ सालदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको ‘स: दबू साहित्य’ कार्यक्रमको पाँचौँ शृङ्खलामा साँखुका साहित्यकार रामेश श्रेष्ठ प्रस्तुत भएका छन्।

कार्यक्रममा श्रेष्ठले सामाजिक, राजनीतिक तथा पारिवारिक जीवनका विविध पक्षलाई समेटिएका आफ्ना १५ वटा लघुपथा वाचन गरेका थिए। उनका लघुकथाले समकालीन समाजका यथार्थ, मानवीय संवेदना र सामाजिक विकृतिमाथि सशक्त रूपमा प्रकाश पारेका थिए।
नेपाल भाषाको साहित्यिक सिर्जनालाई प्रोत्साहन गर्दै नयाँ तथा स्थापित स्रष्टाहरूलाई एउटै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यका साथ सञ्चालन हुँदै आएको ‘स: दबू साहित्य’ कार्यक्रमले नेपाल भाषा साहित्यको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको आयोजकले जनाएको छ।

कार्यक्रममा उपस्थित साहित्यप्रेमीहरूले रामेश श्रेष्ठका लघुकथाको विषयवस्तु, प्रस्तुति शैली र सन्देशको प्रशंसा गरेका थिए।

स: दबू साहित्यका कविन्द्र लाल प्रधानले स्रष्टा रामेशलाई माला लगाई स्वागत गर्नुभयाे भने सुधिर ख्वविले सबैलाई धन्यबाद ज्ञापन गर्दै स्रष्टा रामेशलाई मायाकाे चिनाे प्रदान गर्नुभएकाे थियाे । त्यसैगरी स: दबू साहित्यका समा श्रीले स्रष्टा रामेशकाे संक्षिप्त परिचय सहित कार्यक्रमकाे सहजिकरण गर्नुभएकाे थियाे ।