अक्षरमार्ग

विकास

सूर्यप्रसाद लाकोजू
विकासका नाममा
मान्छेका मनका गरा
चिर्यौ तिमीले
खाएर कसम
जनताको नाममा
उनीहरूलाई नै पिर्यौ तिमीले ।
खै कहाँ छ तिम्रो विकास?
कता छ विकासको चम्किलो मुहार?
के यो विकास जनताकै लागि हो?