तिम्रो कोलाहलबाट टाढा छु म
आफ्नै मौन साँधेर
गहराईमा,मुस्कुराउन खोजिरहेछु।
जति तिमी ढुङ्गा फ्याँकुन
तिम्रो चोट सहेर
मनको तिक्तता मेट्न खोजिरहेछु ।
छैन ममा कुनै गुनासोहरु
अझै तिमी प्रति !
तिमीसम्म नपुग्नु पनि कमजोर रहेछु ।
सायद म दह भएर न हो
कतै बग्न नसकेर पनि फेरी
पानी भित्रका फोंका लिएर चलिरहेछु।
सत्य त यहि छ !
यकिन गर म संङ्लो छु
साक्षि छ यादका लामहरु
अनि मेरा किनाराको फूलहरु !
किंतु ममा आतिताईका
कंसिगर हुल्याउँदा
म आहाल जस्तो देख्यौ तिमीले
अन्यथा छाती चिरेर हेर
ती फ्याँकेका पत्थर पनि
ऎनामा झैं प्रष्ट!देखिने छौ तिमीले
किन कि म दह हुँ, सतह हुँ।
ममा पनि अनुराग छ।
म स्निग्ध छु,शान्त छु।
न ममा न कहर छ,
न ममा जहर नै छ।