Skip to main content

अक्षरमार्ग

टुक्रा कबिता

थाहा छैन कहाँ थिएँ म
एकिन हराएको
मान्छे झै भैसकें।
उछित्तिएर बगरको
उसासो भित्र पनि
निरीह श्वास फेर्दै
निर्धो जीवनमाथि
जिउँदो प्रमाण दिदैछु।

अझै देख्दै थिएँ।
मेरो घाम पनि तड्पीएको
तिर्खाको बुंदले च्यात्तिएका
तृषित ओठ्हरु हेर्दै
को सचिएको छ र यहाँ
अभिष्ट पूरा गर्नु बाहेक
गुमानका सेखीहरुले
ढुङ्गा फ्याँकेको देख्दैछुं।