Skip to main content

अक्षरमार्ग

सोधाई

ध्रुबकृष्ण ताम्राकार

एक सुरले हिंडदै थिएँ
आफ्नै धरातलमा
नितान्त जरैदेखि फुलि रहें
मौसमीका हरेक तालमा
आखिर मेरो
जमिन र आकाशमा
म डरो जमाउँदै त थिएँ।
एउटा लहराले
फुल्न पाउनु पर्ने
स्वच्छन्द सुगन्धमा
म लोलाउँदै पनि थिएँ।
बस्तुत म स्वयम
आफ्नै नजरसंग
नजर जुधाउँदै
अस्तित्वको मलायम
नापिरहेको पनि त थिएँ।
किंतु एउटा
अनेपेच्छित सोधाईले
झस्काई दिन्छन
नैतिकता जोख्नेहरु
आज किन
मतलबि लिप्तमा बाँधेर
एउटा निर्बाध हिंड्ने म यात्रीलाई
अनाहकमा सोधिरहेका छन्
तिमी आफ्नो स्वतन्त्रतासंग
निर्धक्क किन हिंडिरहेको?

कति दमित प्रश्न अनि
कति बन्धित हुकुमत
एउटा ज्वलन्त पंछिलाई
कैदी गर्न खोज्छन पिंजडामा
आजका परिवेश अनि
निर्लज्ज धुर्तका ब्वाँसाहरु
जो सधै स्वतन्त्र अस्तित्वलाई
दासताको अभिलेख
पढाउन खोज्छन
मान्छे भित्रका धोंगी अनि
अझै आजका आडम्बरीहरु