
संयमताको निकटसँग
शायद
एकिन जोडिएर होला
तिमीसँग मैले
बह पोखिनौं!
रात थियो मेरो सामु
तैपनि
भोलिको उज्यालोसँग
आशाका सपना
मार्न सकिनौ!
संघारै मै छु स्पर्श
अनि न्यानो चाहतका
अभिब्यन्जनहरु…..!
म अझै खोजिरहथेँ
संबेगका मायाभित्र
मेरा प्रेमका अर्थहरु….!
आखिर म अपहेलित थिएँ
न प्रतिबाद नै गर्न सकेँ
तिम्रा लांछनाहरुसँग!
फेरि पनि
गुनासो छैन तिम्रा
तिरस्कृत आँखासँग!
न कुनै
गुजाइस नै थियो
तिम्रा तिर्षित
आंकाक्षासँग!
किनकि म अनभिज्ञ छैनौ
तिम्रा हरेक जुनुनहरु
अनि तिम्रा हरेक चाहहरु।
किंतु म पृथक थिएँ
तिम्रा उन्मत्त भावनासँग
मेरा मौन अस्वीकृत थिए
तिम्रा रुखा अधिरसंग
शायद त्यसैले मेरो बाहाना
नबुझेर होला
तिम्रो घृणाका पात्र बनिरहेछु ।
अनौठो लाग्छ
यी आँखा र सामिप्य
नजिकिएर पनि
मन टाढिएको रहेछु ।