अक्षरमार्ग

नयाँ जादुगर

पहिले एउटा चटके आयो
रेल ल्यायो र पहेँलो घुम्टो ओढायो
आश्चर्य लाग्दा, विभिन्न नौटंकी देखायो ।

केही दर्सकले बेसरी ताली पडकाए
तर, केहीले ओठ लोप्राए।
शहर भरि हल्ला फैलियो,
पोष्टर छापियो
तपाईंको शहरमा जादुगर,

म आश्चर्यमा परे र नियालेर पोष्टर हेरे
जादुगर त माथ्लाघरे साईलो पो रहेछ।
म बेस्सरी हासे,
पागल झै ।

केही दिन दक्षिण छिमेकी सँग,
संगत के गरेको थियो
उ त माहान जादुगर पो भएछ ।

उसको नौटंकी हेर्न ,भिड वढदै थियोे
अन्तिममा कपडा फेर्ने पालो आयो
सँगैको साथीले ईसारा गरो
उसको कपडा गायव भयो
तर नयाँ लुगा केहि देखिएन ।।

उ सर्वाङ नाग्गो भो
र सम्पुर्ण दर्शक गलल हाँसे
उ लाज छोप्दै गायव भो,
र आज सम्म गायवै छ ।

फेरि,आजकल
नयाँ जादुगर आएको छ रे,
तपाईं को शहरमा ।
उहीँ रंग, उहीँ रुप, उहीँ चाल
तर
विभिन्न नौटंकी लिएर ।।
धन्यवाद,

विष्णु “निश्चल”
बैगुन्धुरा, झापा