Skip to main content

अक्षरमार्ग

गजल

Ghanashyam Parishrami
डा. घनश्याम परिश्रमी

हो दुःखान्त नाटक कि छोटो कहानी
कि आख्यान हो यो बृहत् जिन्दगानी

ऊ गर्दैन कहिल्यै कमाएर सञ्चित
लुटेरा उही हो बनेको छ दानी

तिमी कर्मवादी कहाँ बन्न सक्छौ ?
ठगी गर्न जान्ने परेको छ बानी

होला कोही माथि तिमीलाई तान्ने
बनेछौ नि जान्ने नजानी नजानी

मलाई दियौ चोट आएर सामु
इमानी हुँ भन्थ्यौ गर्‍याै बेइमानी