अक्षरमार्ग

गजल

आकाशको जूनको के कुरा गर्नु ।
भाउ बढ्यो सुनको के कुरा गर्नु ।।

औषधी चाहिन्छ चोट लाग्दा
दुखाउने नुनको के कुरा गर्नु।

दु:ख पीडाले मुटु दुख्ने गर्छ
मुटुमा बग्ने खूनको के कुरा गर्नु ।

आफन्तहरू टाढिए दु:खमा
लाएको गुनको के कुरा गर्नु ।

 

–   बाबुकाजी थामी