
हो दुःखान्त नाटक कि छोटो कहानी
कि आख्यान हो यो बृहत् जिन्दगानी
ऊ गर्दैन कहिल्यै कमाएर सञ्चित
लुटेरा उही हो बनेको छ दानी
तिमी कर्मवादी कहाँ बन्न सक्छौ ?
ठगी गर्न जान्ने परेको छ बानी
होला कोही माथि तिमीलाई तान्ने
बनेछौ नि जान्ने नजानी नजानी
मलाई दियौ चोट आएर सामु
इमानी हुँ भन्थ्यौ गर्याै बेइमानी