Skip to main content

अक्षरमार्ग

मूल्यहिन श्रम

प्रजातन्त्रको शीतल छाया
लोकतन्त्रको न्यानो घाम
अथवा
गणतन्त्रको सर्वोच्च शिखरले
अभावको तिखो काँडा
कतै पर हुत्याउन सकेन
ब्यवस्थाले काँचुली फेरि पनि
हाम्रो अवस्था जस्ताको त्यस्तै छ ।

थप पढ्नुहोस

वसन्त काव्य गोष्ठी तथा सम्मान कार्यक्रम

अक्षरमार्गको आयोजनामा पनौतीमा सम्पन्न ‘वसन्त काव्य गोष्ठी तथा सम्मान कार्यक्रम’मा तीन स्रष्टालाई सम्मान गरिनुका साथै तीन दर्जनभन्दा बढी कविहरूले काव्यवाचन गर्दै वसन्तलाई शब्द र भावमार्फत जीवन्त बनाएका छन् ।
यस वर्ष श्रीराम जगतमाया अक्षरमार्ग साधक सम्मान’ पत्रकार सुकृत नेपाललाई , ‘कृष्णसुन अक्षरमार्ग काव्य सम्मान’ साहित्यकार हरिसुन्दर छुकांलाई तथा ‘कमानसिंह तुलसा स्रष्टा सम्मान’ शैली साहित्य समाजकी मञ्जुश्री प्रधानलाई प्रदान गरिएको हो ।

थप पढ्नुहोस

मुक्तीका दुई कृति लोकार्पण 

भारतको सिलगढ़ीमा मुक्तिप्रसाद बराल उपाध्यायका´लौ त बरू`कथा सङ्ग्रह र `देवभूमि हुँदै प्रशान्तिनिलयम´नियात्राको आइतबार विमोचन गरिएको छ। 

थप पढ्नुहोस

कुरा खेतीकाे बाेलबाला

अचेल कति मजाकाे समय
धित मारेर कुरा काट्न पाइन्छ
चिया पसल, छतका घाम
बगैंचाका सुन्तला र बदामसँग
क्या स्वादका कुरा !

थप पढ्नुहोस

गीतकार श्रीराम राईको ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक

गीतकार श्रीराम राईको ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक गीतकार श्रीराम राईको गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ ओसियन म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक भएको छ। ओमप्रकाश राईको भावपूर्ण संगीत र पेमा शेर्पा राईको सुमधुर स्वरले गीतलाई अझ मर्मस्पर्शा बनाएको छ।

थप पढ्नुहोस

साप्ताहिक बिदा

” हामीले हप्ताको सातै दिन रिक्सा चलाउनु पर्छ। – अहिले गाडी चलाएको छैन। – हो, सर, तर म बिहानदेखि गाडी चलाइरहेकी छु। मैले केही ज्याला कमाएको छु, त्यसैले अब म आराम गरिरहेको छु। हामीसँग कुनै दिन बिदा छैन। म हरेक दिन विश्राम लिन्छु, र यसरी म साप्ताहिक बिदाको अभाव पूरा गर्छु।”

थप पढ्नुहोस

प्रसिद्ध कानुनी शिक्षाविद् डा. बलराम गुप्ताले कवितावलीको जनवरी २०२६ अंकको अनावरण

नयाँ वर्षको शुभ अवसरमा, साहित्यिक पत्रिका कवितावलीको जनवरी २०२६ अंकको अनावरण समारोह पंचकुलाको सेक्टर ८ मा एक भव्य वातावरणमा आयोजना गरिएको थियो, जसमा सबैको सुस्वास्थ्य, खुशी र समृद्धिको कामना गरिएको थियो। पत्रिकाका प्रधान सम्पादक डा. सुरेश पुष्पकर ग्रेट ब्रिटेनबाट अनलाइन सामेल भए। नयाँ अंकको औपचारिक अनावरण प्रमुख अतिथि, प्रतिष्ठित र प्रख्यात कानुनी शिक्षाविद् डा. बलराम गुप्ताले गर्नुभएको थियो।

थप पढ्नुहोस

मधुमधुकर र शान्ति सार्वजनिक भयो

साहित्यकार डा. गोपाल पौड्याल मण्डनेको मधुमधुकर खण्डकाव्य र शान्ति निबन्ध संग्रह एक समारोह बीच बीच लोकार्पण भएको छ। पुस्तकको लोकार्पण कार्यक्रमका प्रमुख अतिथि साहित्यकार सूर्यप्रसाद लाकोजूले एक कार्यक्रम बीच लोकार्पण गरेका हुन ।

थप पढ्नुहोस