मैले वैचारिकीमा पाएँ
यस क्रन्दन–वन्दनमा
न दुःखले जित्यो,
न सुखले हार मान्यो,
न त कहिल्यै जीवन
अर्थहीन लाग्यो।
चलिरह्यो जबसम्म
हजुरआमा र बज्यैले
पञ्चतन्त्रका कथा सुनाइरहें –
“हुंकारसम्म मात्र
सुन्न सक्नेछौ…
त्यसैले
निदायौ भने
कथाको मर्म बुझ्न सक्नेछैनौ।”
अनि त्यस अधुरोपनबाट
तिमी कसरी पार पाउनेछौ ?
यससँग–उससँग
कसरी निभाउनेछौ ?
न त जीवनको सार नै पाउनेछौ।
आदिदेखि अन्त्यसम्म नै
नीतिको द्वार हुन्छ,
त्यो द्वारसम्म पुग्न
हुंकार आवश्यक हुन्छ!
मूल लेखिका: निशा निशान्त
नेपाली अनुवादक : डा. कमला तामाङ, दार्जीलिङ, भारत
३/९/२०२६ (बुधबार)