Skip to main content

अक्षरमार्ग

मानवीयता

तिमीले देख्यौ मेरो भेष,
मेरो परिवेश,
मेरो देश…!
बुझ्यौ त ?
कि अझै पनि
बाँकी नै छ
केही शेष…!!

हेर, सोच, बुझ…
नबन
तिमी विघ्नेश…
हामी हौँ विविधतामा
अभिन्नताको परम सन्देश…

मानवीयतासँग
नराख
तिमी द्वेष…!!!

मूल लेखिका: निशा निशान्त
नेपाली अनुवाद : डा.कमला तामाङ, दार्जीलिङ, भारत