Skip to main content

अक्षरमार्ग

कविता कोलाजको नेपालभाषा कविता कन्सर्ट सम्पन्न

काठमाडौ महानगरपालिका वडा नं २२ को आयोजनामा कविता कोलाजको पहिलो प्रस्तुति नेपालभाषा कविता कन्सर्ट आज काठमाडौं महानगरपालिका–२२ का वडा अध्यक्ष चिनी काजी महर्जनको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा नेपालभाषा एकेडेमीका चान्सलर तथा बुढानिलकण्ठ साँस्कृतिक प्रतिष्ठानका कुलपति तथा उपन्यासकार प्राज्ञ मल्ल के. सुन्दर र नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य प्राज्ञ तथा कवयित्री प्रतिसरा साय्मीको अतिथीद्वयमा सम्पन्न भयो । काठमाडौ महानगरपालिका वडा नं २२ का अध्यक्ष श्री चिनीकाजी महर्जनको सभापतित्वमा सम्पन्न कार्यक्रममा कविता कोलाजका संयोजक तथा कवि रजनीमिलाले कविता कोलाज संस्थाको अवधारणा प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै सभाध्यक्ष चिनीकाजी महर्जनले भन्नुभयो, “म कवि त होइन तर सर्जक साहित्यकारहरूलाई माया गर्ने र बुझ्ने मान्छे चाहिँ पक्का हो।” आफ्नो मातृभाषाप्रतिको प्रेम र सम्मानसँग जोडिएको विगत स्मरण गर्दै अध्यक्ष महर्जनले विसं २०४४ सालमा न्हुँ दया भिन्तुना कार्यक्रममा सहभागी हुँदा प्रहरीले लाठी प्रहार गर्दा आफ्नो टाउकोमा चोट लागेर रगतसमेत आएको घटना स्मरण गर्नुभयो। उक्त घटनापछि आफ्नो मातृभाषाप्रतिको माया र सम्मान अझ प्रगाढ भएको उहाँले बताउनुभयो। “म रहेसम्म निरन्तर नेवा: साहित्यलाई माया र संरक्षण गर्नेछु,” उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमको उद्घाटनमा गत भाद्र १ गते दिवंगत हुनु भएका नेपालको मूर्धन्य कवि, गीतकार, नाटककार तथा भाषा अभियन्ता स्व दुर्गालाल श्रेष्ठ, सावन महिनामा दिवंगत हुनुभएका नेपालभाषाका नारीवादी पहिलो कवि नारायणदेवी श्रेष्ठ र २०८२ फागुण महिनामा दिवंगत हुनु भएका कवि, पत्रकार तथा लेखक सुरेश किरणको स्मृतिमा एक मिनेट मौन धारण गरी शोक धून बजाइ श्रध्दाञ्जली अर्पण गरेको थियो ।

वहाँहरुको साथै अन्य दिवंगत कविहरु गिरीजा प्रसाद जोशी, पूर्ण वैद्य, बुध्द सायमी, सुन्दर मधिकर्मीहरूको सम्झनामा कविता कविता कोलाजका ६ जना श्रष्टाहरूले दिवंगत कविहरूका सृजना वाचन गरेका थिए ।
कार्यक्रममा नेपालभाषाका १७ जना कविहरुले आ आफ्नो रचना भ्वायलिन र बाँसुरीको साथमा वाचन गरिएको हो । प्रस्तुत गरिएका कविताहरुमा विशेष प्रस्तुति चर्चित कवि उज्ज्ला महर्जनको मनोवाद प्रस्तुत गरिएको थियो । नेपालाभाषा कविता क्षेत्रमा बाद्यवादनसंगै कविता वाचन पहिलो प्रस्तुति रहेको कविता कोलाजका सदस्य तथा कवि संजयराज शर्माले बताउनु भयो।


कार्यक्रममा नेपालभाषाका विभिन्न पुस्ताका स्रष्टाले आफ्ना सिर्जना वाचन गर्दै भाषा, साहित्य, समाज र संस्कृतिका विविध पक्षलाई कवितामार्फत प्रस्तुत गर्नुभएको थियो। कविता कन्सर्टमा लुमन्ती चित्रकारले ‘इतिहासया मत’, रत्न प्रदीपले ‘ब्याँचुलि’, ज्ञानकेशरी श्रेष्ठले ‘विडम्बना’, मिमला शर्माले ‘छँ पियाच्वना’, नवीन प्रकाश श्रेष्ठले ‘छँ व दे’ र दियश रत्न शाक्यले ‘पुलुकिसि’ शीर्षकका कविता प्रस्तुत गर्नुभएको थियो।
त्यस्तै राज अक्षोभ्यले ‘च्याना च्वंगु सर्ग जिगु’, श्रीराम श्रेष्ठले ‘छम्ह महाफताह जि’, सविना महर्जनले ‘थःगु तुति मालाच्वंगु छपा लाकां’ तथा प्राज्ञ प्रतिसरा सायमीले ‘लुसि’ शीर्षकको कविता वाचन गर्नुभएको थियो।
कार्यक्रममा प्राज्ञ डा. पुष्पराज राजकर्णिकार, दिलकुमारी डंगोल, विशेष आमन्त्रित कवि उज्ज्वला महर्जन, स्नेह सायमी, सञ्जयराज शर्मा, रजनीमिला, समाश्री, सुधीर ख्वबि र नारद बज्राचार्यलगायत स्रष्टाले समेत आफ्ना सिर्जना प्रस्तुत गर्नुभएको थियो। उज्ज्वला महर्जनले ‘द मोनोलग’, स्नेह सायमीले ‘आइ लभ यु’, रजनीमिलाले ‘जः नाप मनूया सम्बन्ध’ तथा नारद बज्राचार्यले ‘भविष्यवाणी’ शीर्षकको कविता प्रस्तुत गर्नुभएको थियो।
उहाँले भन्नुभयो, “म कवि त होइन तर सर्जक साहित्यकारहरूलाई माया गर्ने र बुझ्ने मान्छे चाहिँ पक्का हो।”
आफ्नो मातृभाषाप्रतिको प्रेम र सम्मानसँग जोडिएको विगत स्मरण गर्दै अध्यक्ष महर्जनले विसं २०४४ सालमा न्हुँ दया भिन्तुना कार्यक्रममा सहभागी हुँदा प्रहरीले लाठी प्रहार गर्दा आफ्नो टाउकोमा चोट लागेर रगतसमेत आएको घटना स्मरण गर्नुभयो। उक्त घटनापछि आफ्नो मातृभाषाप्रतिको माया र सम्मान अझ प्रगाढ भएको उहाँले बताउनुभयो।
“म रहेसम्म निरन्तर नेवा: साहित्यलाई माया र संरक्षण गर्नेछु,” उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो।
धर्मपथमै ७५ वर्षअघि साहित्यिक गोष्ठीको सुरुआत : मल्ल कार्यक्रमका प्रमुख अतिथि नेपालभाषा अभियन्ता तथा साहित्यकार मल्ल के. सुन्दरले धर्मपथ क्षेत्रमा आजभन्दा करिब ७५ वर्षअघि नै यस्ता साहित्यिक गोष्ठीको सुरुआत भएको स्मरण गर्नुभयो।
उहाँले साहित्यको विकाससँगै लेखनशैलीमा पनि समयअनुसार परिवर्तन र नयाँ प्रभाव भित्रिँदै गएको बताउनुभयो। इतिहासमा साहित्य कसरी, कहाँ र कुन परिवेशबाट प्रभावित हुँदै लेखिँदै आयो भन्ने विषयमा उहाँले महत्वपूर्ण जानकारी प्रस्तुत गर्नुभएको थियो।

नेपालभाषा साहित्यको विकासक्रममा समय, समाज र परिवेशले पारेको प्रभावलाई बुझ्न यस्ता साहित्यिक गतिविधि महत्वपूर्ण हुने उहाँको भनाइ थियो।

कविता कन्सर्टमा नेपालभाषाका विविध भाव, विषय तथा सामाजिक–सांस्कृतिक पक्ष कविताका माध्यमबाट प्रस्तुत गरिएको थियो। कार्यक्रममा स्थानीय बासिन्दा, साहित्यकार, संस्कृतिकर्मी तथा नेपालभाषाप्रेमीको उल्लेख्य सहभागिता रहेको थियो।


कार्यक्रमको अन्त्यमा सहभागी सबै कविले नेपालभाषाका जनकवि दुर्गालाल श्रेष्ठप्रति आफ्ना कवितामार्फत सामूहिक श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो।
नेपालभाषा साहित्यका क्षेत्रमा जनकवि श्रेष्ठले पुर्‍याउनुभएको योगदानको स्मरण गर्दै उहाँप्रति श्रद्धा व्यक्त गरिएको हो। कविता कन्सर्टलाई साहित्यिक प्रस्तुति मात्र नभई पुस्ताबीच सिर्जना र अनुभूतिको सेतुका रूपमा समेत लिइएको आयोजकले जनाएको छ।

नेपालभाषा साहित्य र संस्कृतिको संरक्षण तथा पुस्तान्तरणसँगै नयाँ पुस्तालाई मातृभाषामा सिर्जनाका लागि प्रेरित गर्ने उद्देश्यले आयोजना गरिएको कविता कन्सर्टले नेपालभाषाको साहित्यिक यात्रामा नयाँ पुस्ताको सहभागिता र सिर्जनशीलतालाई थप प्रोत्साहन गरेको आयोजकको भनाइ छ।