सोधाई
एक सुरले हिंडदै थिएँ
आफ्नै धरातलमा
नितान्त जरैदेखि फुलि रहें
मौसमीका हरेक तालमा
आखिर मेरो
जमिन र आकाशमा
म डरो जमाउँदै त थिएँ।
एक सुरले हिंडदै थिएँ
आफ्नै धरातलमा
नितान्त जरैदेखि फुलि रहें
मौसमीका हरेक तालमा
आखिर मेरो
जमिन र आकाशमा
म डरो जमाउँदै त थिएँ।
जेनजी युवा साथी हाे
साेच तिम्रो जाती छ
मन तिम्रो आँटी छ
अरुभन्दा माथि छ
तालुखुइले डाँडाहरूका टाउकामा पनि
हरियो केश उम्रेको छ ।
कहिल्यै नभरिने नेताका मुखझैं
आँ परेका खाली इनारहरूमा
पानी माथिसम्मै आएको छ ।
सूर्यको पारिलो घाम
धर्तीभरि पोखिएको बेला
तिम्रो अनुहारभरि
अँध्यारो पोतिएको थियो
– प्रेम राई परीक्षित गोधुलिबाट छिरबिरे बादलहरू निस्कियो र एकछिन हस्तिनापुर माथिको घाम छोपिदियो त्यसपछि अर्जुनको अग्नि समाधिको आशामा एकछिन जयद्रतहरू खुसीले उफ्रिए गान्धारबाट बैशाखी टेकेर हस्तिनापुर छिरेका शकुनिहरूले उत्सव मनाए द्रौपदीको चीर हरण गर्ने दुशाषणहरूको अट्टहासले कुरुप बन्यो फेरि एकपटक हस्तिनापुर धृतराष्ट्रहरू कमा र फुलिष्टप नहटाउने भन्दै पाण्डवहरूलाई पाँच गाउँ पनि नदिने सङ्कल्प लिएर फर्किए हस्तिनापुर आफ्नै प्रतिज्ञाले थलिएका निष्प्राण गङ्गापुत्र भीष्म बाणहरूको शैयाबाट हेरिरहेका थिए ताण्डव नृत्य कृपाचार्य, द्रोणाचार्य दुर्योधन, शकुनि अश्वस्थामा अनि कर्णहरू चक्रव्युहभित्र घोचिरहेका थिए एक्लो अभिमन्यूलाई बाणका निर्दयी सुईराहरूले नूनको भारिमा पुरिएका द्रोणाचार्य अनि कृपाचार्य रेट्दै थिए सत्यको घाँटी दुर्योधनले अङ्गदका राजा बनाएपछि आफ्नै भाइहरूमाथि कर्ण प्रहार गरिरहेका थिए ब्रह्मास्त्र दुर्योधनको ढिपिले चर्कियो युद्ध शान्तिदूत कृष्णहरू बनाइए हाँसोका पात्र जित कसैको भएन दुर्योधनको जिद्धिले भएको कुरूक्षेत्र समग्रमा रुपान्तरित भयो हस्तिनापुर लाशहरूको बगँचामा ….!
आशातित बटुवाको
न्यानो स्पर्शको बदलामा
पातहरु हम्काउँदै
शितल छहारी दिन
मुटु थामेर हृदय विछ्याई
भर्खरै हाे कवितामा नयाँ आयाम सुरु भएकाे । याे हाे, नवीनतम शैलीको कविता साइनो । सुरु भएको छाेटाे समयमा यसले व्यापक भूगोलमा फैलिएर स्रष्टाहरूकाे स्नेह पाइरहेको छ । नेपाली, अवधी, संस्कृत, हिन्दी,अङ्ग्रेजी, मलेसियन भाषाका स्रष्टाप्रिय साइनो कविता विश्वव्यापी लघुकविताका रुपमा प्रयाेग हुँदै आएको छ । यसले हजारौं स्रष्टाका रचना पाएकाे छ । यसमा पन्ध्र देशका सय्यौ स्रष्टाको हातेमालो चलिरहेको छ । यसकाे अनुयायी बनेका कतिपय स्रष्टा अरु अरु शैली प्रयोगमा पनि रमाइरहेका छन् । जुन साइनो कविताको आकर्षण र लाेकप्रियता पनि हाे ।
प्रिय प्रताप
हामी तिमीलाई सम्झिरहेछौँ यतिबेला
तिमीले चलाएको गाईजात्रा
अब वर्षको एकदिन मात्र रहेन नेपाल खाल्डोमा
बर्सैभरि हरेक दिन
हरेक रात
बेला, कुबबेला
भोगिरहेछौ हामी गाईजात्रा
देखिरहेछौँ हामी गाईजात्रा ।
किनकि
गल्तीको कुनै समय हुदैन्
गल्ती हुनु मानबिय स्वभाव हुन
नभन्दै कक्षामा
एकदुई जना विध्यार्थी बाहेक
सबैले राकेशले जस्तै
गुरुबाट पुरस्कार भेट्टाई सकेका थिए