उनीहरूको उचाइमा
मेरो आवाज
अब उनीहरूलाई कठोर र कठोर लाग्छ।
म के गरूँ?
म कसलाई दोष दिने भनेर बुझ्न सक्दिन।
मेरो आवाज
अब उनीहरूलाई कठोर र कठोर लाग्छ।
म के गरूँ?
म कसलाई दोष दिने भनेर बुझ्न सक्दिन।
अचेल कति मजाकाे समय
धित मारेर कुरा काट्न पाइन्छ
चिया पसल, छतका घाम
बगैंचाका सुन्तला र बदामसँग
क्या स्वादका कुरा !
पढ्ने भए जीवन पढौं
रिसाउने भए रिससँग रिसाऊँ
गाली गर्ने भए गालीलाई गरौँ
चाेर्ने भए अँध्यारोलाई चाेरौं
कति धेरै पन्छीहरू
वल्लाे हाँगा पल्लो डाली
चिरबिर चिरबिर सङ्गीतमय पन्छी संसार
झ्वाम्म हरियाली नवपालुवाहरू
काेइलीकाे कुहूकुहू अग्ला रुखहरू
स्वच्छ हावा बाँडिरहन्छन् शीतल
पहिले एउटा चटके आयो
रेल ल्यायो र पहेँलो घुम्टो ओढायो
आश्चर्य लाग्दा, विभिन्न नौटंकी देखायो ।
एक सुरले हिंडदै थिएँ
आफ्नै धरातलमा
नितान्त जरैदेखि फुलि रहें
मौसमीका हरेक तालमा
आखिर मेरो
जमिन र आकाशमा
म डरो जमाउँदै त थिएँ।