Skip to main content

अक्षरमार्ग

कविता

Rahena Nakarmi Manandhar
रहेना नकर्मी

आशातित बटुवाको
न्यानो स्पर्शको बदलामा
पातहरु हम्काउँदै
शितल छहारी दिन
मुटु थामेर हृदय विछ्याई
बाटोमा उभिएर बसेको
निरस रुखसरि
घाँटी तन्काई तन्काई
दूरदृष्टि सम्म नियाली बसे
न बेग चल्यो
न आभास पाए ।

नाप्न नसकिने सुस्केरा लिई
एकछिन शान्त बस्छु
कहीँबाट कुनै आवाज पाउँछकी भनी
अनि,
त्यो स्वरको गुञ्जन सुन्न
तड्पिएको कानलाई सम्हाल्दै
यो तन लर्वरिएको मेसो नै पाएन
उफ्,
प्रतीक्षा ले नै विश्राम लिनु पर्ने
बिछिप्ट्टै माया दिन
तड्पिएको प्रेम।