कविता
विपत्ति विम्बित आवाज
लाखा, पाखा गर्नुहुन्न विपत्तिमा,
नहोस् पक्षपात, नहुन् है आहत ।
पुनःस्थापना होओस् यसै जुनीमा,
पुर्याउन् मुस्किलमा शीघ्र राहत ।
समुद्रको आँसु !
समुद्रको पनि आँसु हुन्छ
तर कसैले देख्दैन उस्को ऑसु
मात्र ऊ आफैंले अनुभूत गर्छ
र कसैलाई भन्दैन
आफू रोएको कथा र ब्यथा
त्यही ऑसुले उसलाई क्षतिपूर्ति दिन्छ
जतिजति ऊ घटेको हुन्छ ।
फूल
मलाई डर लागि रहेछ तिमी मेरै आँगनीमा फुल्दा
कुनै पापीहरुले कू-दृष्टी लाउँछ कि भनेर
कोपिलामै निमोठिदिन्छ कि भनेर
तरपनि नडराउ म छु सुरक्षाको कवच बनेर उभिनेछु
तिम्रै माली बनि बिहानदेखि बेलुकासम्म।
सुनौलो बिहानी आउने छ
हो अवश्य आउने छ
खुशीको लालीमा छर्दै
सुनौलो बिहानी हाम्रैलागि
अनि हट्ने छ
अभावको बाक्लो तुवाँलो
अन्त्य हुनेछ
घरदेश र परदेशको
कहाली लाग्दो कथाको ।
चश्माका रङ्गीन शीशाहरू
केही छुटेको वा
हराएको के हो नबुझिकनै
तीब्र छ अचेल भव्यताका साथ खोज्ने क्रम
चालु छ अन्वेषणको विशाल यात्रा ।