Skip to main content

अक्षरमार्ग

तीन मुक्तक

गाउँ सुनसान विदेश जाने लस्करमा लागेपछि
कसको के लाग्छ राज्य नै तस्करमा लागेपछि
राजनीतिक परिवर्तनसँगै उँभो लाग्ला भनेको,
देशै डुब्ने भो शासक अस्वस्थकरमा लागेपछि ।

 

भोकोलाई ज्ञानगुणको महिमा सुनाएर के गर्नु
साँचो देखाएर बाहिरिने सपना बुनाएर के गर्नु
पापी पेटको सवाल छ यहाँ बाँकी जेसुकै होस्,
रोटी बाहेक अन्त ध्यान छ‌ैन गुनगुनाएर के गर्नु ।

 

फेर्दा फेर्दै जीवनमा नफेरेको के पो बाँकी छ र
दृष्टि दिएर संसारमा नहेरेको के पो बाँकी छ र
कहिले फेरिन्न भन्छ कहिले हेरिन्न भन्छ मुखले,
दिएको वचन आफै नसेरेको के पो बाँकी छ र !