– परशुरामअधिकारी
यात्रा हो जीन्दगी खाइरहन्छ चोटहरू
जात्रा हो जीन्दगी लगाइरहन्छ खोटहरू
जात्रा र यात्राको घनचक्करमा मित्र
पीडा भित्रै लुकाई मुस्कुराऊन् ओठहरू ।
मान्छे भन्ने गर्छन् विगतमा डर आतङ्क छ
बस्ने वास छैन कतिलाई घर आतङ्क छ
परिवेश बदलिएर सहरमा आज
राजनैतिक बेरोजगार पाल्न कर आतङ्क छ ।
बसौँ देशमा कुनै काम थिएन
राख्न पेटमा कुनै माम थिएन
सजाउन पूmलझैं स्वदेशमा जीवन
चढाउन भेटी कुनै दाम थिएन ।
मिठो थियो सम्बन्ध कुनै झुरा भएन
धेरै पछि भेटियौ कुनै कुरा भएन
भेटिनु र छुट्टिनुको घनचक्करमा
मनको तिर्सना त्यो अझै पूरा भएन ।