Skip to main content

अक्षरमार्ग

डालीहरू

ए, मान्छे !
कति भत्काउँछौ संवेदना
खै विवेक ?
जतन गर आफै
बाट्नुपर्छ समताकाे डाेरी
सँगसँगै हिँड भञ्ज्याङहरू
उठाउनुपर्छ बाउसाे
ताछिदेऊ भिराला कान्लाहरू
लाउनुपर्छ आली
बिउँझाइदेऊ युवाहरू
उधिन्नुपर्छ सामन्तकाे पर्खाल
हटाइदेऊ अँध्यारोजति
मुस्कुराऊनुपर्छ
झाेपडीका अधरहरू
खेल्नुपर्छ डन्डीबियाे
मेटाइदेऊ बेथाहरू
चल्नुपर्छ खुट्टा सबै
उठाइदेऊ हातहरू
फुल्नुपर्छ डालीहरू
सजाइदेऊ आँगन सबै ।