Skip to main content

अक्षरमार्ग

तीन मुक्तक

मधुप्रसाद आचार्य

१. ज्वालामूखी फुट्छ
पहाड कोतर्दा दुख्छ मलाई, तराई चिमोटे पोल्छ
हिमाल कोपर्दा पागल हुन्छु, नसानसा नै टुट्छ
नेपालीले नेपाल नचिनेको देख्दा आमा
कसरी थाम्न सक्छु, उकुसमुकुस भएर ज्वालामूखी फुट्छ ।

२. के सक्छु म
चुम्बक जस्तो तिम्रो अँगालोमा अटाउन के सक्छु म
तिम्रै सुगन्धित मझेरीमा गुनगुनाउन के सक्छु म
यता डुलेँ उत्ता घुमे तिम्रै आँगन उत्कृष्ट भो
मेची काली मुस्कान भित्र हराउन के सक्छु म ?

३.रहर बढेको छ
तिमीले वीर गाथा सुनायौ, मैले सुने, सुन्ने रहर अरु बढेको छ
सिरदेखि पइतलासम्म सबै हेरें, हेर्ने रहर झन बढेको छ
एकता– विविधता, विविधता– एकता आहा कस्तो सुन्दरता
जति जति नेपाल बुझें मैले, झन झन बुझ्ने रहर बढेको छ ।