
ढुङ्खर्क
एउटा भू स्वर्ग
यही उच्च धरातलबाट नजिकिंदै
सूर्याेदय,
म तिम्रो स्वागतमा उभिरहेछु
जसै रातो रङ्गमा तिमी उदायौ
मैले बुझें तिमी रक्तपुञ्ज हौ
अँध्यारो रात विरुद्ध
चारै प्रहर युद्धमा होमिदै
बिजेता बनेको एउटा योद्धा
जो थकित बेगमा
मेरो भूगोलको सर्वोच्च सेताम्य चुचुरामा
बिजय ध्वजा फहर्याउन
उक्लिरहेको छ
मैले हेर्दा हेर्दै
तिमीले रक्त इन्धन बाल्न शुरु गरिसकेका छौ
एउटा न्यानो चुम्बन
एउटा न्यानो स्पर्श
मेरो भूगोलतर्फ फ्याक्न
र साँझमा जव फेरि देखें
रातो रङ्गमै तिमीलाई
मैले बुझें
प्रतिस्थापनमा/परिवर्तनमा
नयाँ रक्तकणहरु तिमीमा उब्जिसकेछ
अब फेरि सुरु हुनेछ
अँध्यारो रातसँग युद्वको शङ्खनाद
अब फेरि शुरु हुनेछ
नयाँ विहानीको उद्घोष ।