अक्षरमार्ग

समुद्रको आँसु !

दिङ्लाली कान्छो
विराटनगर

समुद्र सबैलाई अटाउंछ
सबैलाई जीवन दिन्छ
कहिले बाफ बनेर
अनि कहिले तरल र ठोस बनेर
आफू रित्तिएर र दुखेर ।

समुद्रको पनि आँसु हुन्छ
तर कसैले देख्दैन उस्को ऑसु
मात्र ऊ आफैंले अनुभूत गर्छ
र कसैलाई भन्दैन
आफू रोएको कथा र ब्यथा
त्यही ऑसुले उसलाई क्षतिपूर्ति दिन्छ
जतिजति ऊ घटेको हुन्छ ।

यसरी अरुको लागि संधै
नघटेको छ, नबढेको छ
आफ्नो आँसु लुकाएर
समान छ समुद्र
कसैले नदेख्छ, नथाहा नै पाउंछ
समुद्रको आँसु !